ब्यानर

शिवचन्द्र गुरुङको संयोजकत्वमा मिर्गौला रोगबाट पीडित सूर्य विकलाई आर्थिक सहयोग

काठमाडौं । स्याङ्जाको फेदिखोला गाउँपालिका २ देउरालीका मिर्गौला रोगबाट पीडित ६२ वर्षीय सूर्य विकलाई आर्थिक सहयोग जुटेको छ ।

पुर्ख्यौली देउराली गाउँ २ फेदीखोला हाल युके निवासी शिवचन्द्र गुरुङको संयोजकत्वमा पैसा संकलन गरी सहयोग गरिएको हो । विकलाई एक लाख ७३ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ । सो रकम रत्नकुमारी गुरुङमार्फत विकलाई हस्तान्तरण गरिएको हो ।

विकको आर्थिक स्थिति कमजोर भएकाले शिवचन्द्र गुरुङले संयोजन गरेर रकम संकलन गरेका हुन् । विकको हाल नियमित डायलासिस हुँदै आएको छ ।

संकलित रकमको विवरण–
१. शिवचन्द्र गुरुङ रु १६,९६८
२. पुर्ण सुब्बा गुरुङ रु २१,०००
३. जुली गुरुङ रु १७,६४०
४. जेक्की गुरुङ रु १७,६४०
५. भगवती गुरुङ रु ५०४०
६. कुमार गुरुङ रु १०,०००
७. नारायण गुरुङ रु १२,६००
८. जिनेश गुरुङ रु १६,८००
९. मथुरा गुरुङ रु ४२००
१०. मनता गुरुङ रु १६,८००
११. भाइराजा गुरुङ १२,६००
१२. बुद्धिराज तथा बिक कुमारी गुरुङ रु २०००
१३. दुर्गा गुरुङ रु २०००
१४. देवी गुरुङ रु २०००
१५. शुशिला गुरुङ रु २०००
१६. हुमा गुरुङ रु २०००
१७. रत्न गुरुङ रु २०००
१८. दिपक अर्याल रु १०००० (जापान)