प्रवास

तमु समाज सिड्नीको अध्यक्षमा हिउपति गुरुङ

काठमाडौं । तमु समाज सिड्नीको अध्यक्षमा हिउपति गुरुङ चयन भएका छन् । २०२४–२०२६ का लागि भएको २६ सदस्यीय समितिको उपाध्यक्ष कुमारी गुरुङ चयन भएका छन् ।

त्यस्तै, सचिवमा बविन गुरुङ, कोषाध्यक्षमा निराजन गुरुङ, स्पोर्टस सेक्रेटरीमा लविन गुरुङ, असिस्टेन्ट स्पोर्टस सेक्रेटरीमा विजय गुरुङ चयन भएका छन् ।

त्यसैगरी, आइटी सेक्रेटरीमा विवेक गुरुङ, असिस्टेन्ट आइटी सेक्रेटरीमा कासिफ गुरुङ, कल्चर सेक्रेटरीमा गणेश गुरुङ, असिस्टेन्ट कल्चर सेक्रेटरीहरुमा सम्राट गुरुङ र विन्दु गुरुङ चयन भएका छन् ।

समाजको महिला संयोजकमा ज्योति गुरुङ, वेलफेयर संयोजकमा नारायणी गुरुङ, स्टुडेन्ट कोअर्डिनेटरमा नारायण गुरुङ र असिस्टेन्ट स्टुडेन्ट कोअर्डिनेटरमा बविन गुरुङ छन् ।

सदस्यहरुमा सुरज गुरुङ, सुष्मा गुरुङ, लील गुरुङ, किरण गुरुङ, सन्जित गुरुङ, प्रेम गुरुङ, ङवाङ ग्यास्टो गुरुङ, उदय गुरुङ, सागर गुरुङ, प्रतिभा गुरुङ र गोपाल गुरुङ चयन भएका छन् ।