प्रवास

तमु ट्हो ह्युल हङकङले मुप्री ल्होछार भव्य रुपमा मनाउने

हङकङ । तमु ट्हो ह्युल हङकङले आगमी डिसेम्बर ३१ (पुस १५ का दिन भव्य रुपमा ल्होछार मनाउने भएको छ ।

२६ नोभेम्बरका दिन जोर्डनस्थित हंग्री आई रेस्टुरेन्टमा सम्पन्न जानकारीसभा मुप्री ल्होछारलाई भव्य रुपमा मनाउनेबारे जानकारी गराएको छ ।

तमुहरुको जिर्ण बन्दै गरेको र लोपोन्मुख स्थितिमा गइ रहेको संस्कार, संस्कृति, भेषभुषा र परम्परागत पहिचानहरुको जगेर्ना गर्ने अठोटका साथ सो चाड मनाउन लागिएको जनाएको छ ।

तमु टहो ह्युल हङकङले विगत वर्षहरुमा झै यस वर्ष पनि तमु ल्होछार (मुप्री ल्हो)लाई छुट्टै विशेष अस्मरणीय हुनेगरी मनाउने भएको जनाएको छ ।

यो वर्ष तमाम तमु जनसमुदयहरुको आग्रह र चाहनालाई ध्यानमा राख्दै खुल्ला ठाउँ (ताई तोङको डाँडा) मा मुप्री ल्होछार मनाउने आयोजकले जानकारी दिएको छ ।

संस्थाका अध्यक्ष बिजयकुमार गुरुङको अध्यक्षता र संस्थापक अध्यक्ष क्या. चन्द्रबहादुर गुरुङ, पूर्व अध्यक्षद्वय अर्जुन कुमार गुरुङ र सुरेश कुमार गुरुङ यसैगरी तमु टहो ह्युल हङकङ महिला बिभाग संयोजक कविता गुरुङको बिशेष आतिथ्यतामा जानकारी सभाको आयोजना गरिएको थियो ।

ल्होछारका दिन झाँकी प्रदर्शन मुख्य आकर्षण रहने छ । ‘हाम्रो पहिचान, संस्कार संस्कृतिहरु झल्काउने गरी र हाम्रो भेषभुषामा सजिएर सम्पूर्ण संघसंस्थाहरुमा र क्षेत्रीय संस्थाहरुलाई ल्होछारमा झांकी सहित भाग लिन अध्यक्ष विजय गुरुङले आव्हान गरेका छन् ।