ब्यानर

लमजुङकी सरिता गुरुङको स्वास्थ्योपचारका लागि तमु समाज युकेको सहयोग

काठमाडौं । लमजुङको राईनास नगरपालिका ९ निवासी ४७ वर्षीया सरिता गुरुङको स्वास्थ्य उपचारको लागि तमु समाज युकेले आर्थिक सहयोग गरेको छ ।

सरिता ब्रेस्ट क्यान्सरबाट पीडित छन् । हाल उनको भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको भक्तपुर क्यान्सर अस्पतालका प्रसासन बिभागका प्रमुख राजाराम ताजले जानकारी दिए ।

सरिताको स्वास्थ्य उपचारको लागि आर्थिक अभाव भएको हुनाले तमु समाज युकेसमक्ष आर्थिक सहयोगको अपिल गरेको हुनाले तमु समाज युकेले आफ्नो आजीवन सदस्यहरुबाट ९ अक्टोबर २०२३ देखि ६ नोभेम्बर २०२३ सम्म आर्थिक संकलन गरेको थियो । त्यसक्रममा १ लाख ९ हजार ७०० रुपैयाँ (६८६ पाउण्ड) संकलन भएको थियो ।

संकलित सहयोग रकम १८ नोभेम्बर २०२३ को दिन तमु समाज युकेका कोषाध्यक्ष खेमबहादुर गुरुङले काठमाडौंको कोटेश्वरमाा सरिता र उनको श्रीमान देउबहादुर गुरुङलाई हस्तान्तरण गरेका छन् ।

सहयोग रकम हस्तान्तरण गर्ने कार्यक्रमको संयोजन दिपक कुमार खड्काले गरेका थिए । आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा कोषाध्यक्ष खेमबहादुर, उनकी दिदी आशा गरुङ खाँड र दिपक कुमार खड्का उपस्थित भई आफुलाई हौसला र सान्त्वना दिएकोमा श्रीमती सरिता गुरुङ अत्यन्तै खुशी व्यक्त गर्दै तमु समाज युकेका अध्यक्ष लगायत सम्पूर्ण सदस्यहरुप्रति हार्दिक धन्यवाद सहित कृतज्ञता व्यक्त गरिन् ।

तमु समाज युकेका अध्यक्ष शिव कुमार गुरुङले सो आर्थिक सहयोग संकलन कार्यमा सहभागी सबै पदाधिकारी र आजीवन सदस्यहरुलाई धन्यवाद दिँदै सरिता गुरुङको स्वास्थ्य लाभको कामना गरेका छन् ।