ब्यानर

गुरुङ पर्यटन व्यवसायीले खेले देउसी भैलो, पर्यटन मजदुर कोष वृद्धि लक्ष्य

काठमाडौं । गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जीटिन)ले पर्यटन मजदुर कोष वृद्धिको लक्ष्यका साथ देउसीभैलो खेलेको छ ।

काठमाडौमा आयोजित दीपावली, छठ तथा ल्होसारको अवसर पारेर आयोजित शुभकामना तथा देउसी भैलो कार्यक्रमको मुख्य उद्देशय भनेको जीटीन पर्यटन मजदुर कोष वृद्धि रहेको थियो ।

कार्यक्रममा देउसी भैलोमा पर्यटन व्यवसायी तथा कलाकारहरुले नाचगान गरिएको थियो । गुरुङ संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम, गुरुङ जातिको मौलिक खानपानको व्यवस्था गरिएको थियो ।

जीटीनका अध्यक्ष पिताम्बर गुरुङले देउसीभैलो कार्यक्रमको मुख्य उद्देश्य शुभकामना आदानप्रदान तथा पर्यटन मजदूर कोष वृद्दि गर्ने रहेकाले सो उद्देश्य पूर्तिका लागि सहयोगी बनेको प्रतिक्रिया दिए ।

जीटिन देउसीभैलो कार्यक्रममा नेपाल पर्वतारोहण संघ (एनएमए), ट्रेकिङ ऐजेन्सिज एशोसिएसन अफ नेपाल (टान), पर्यटन गाउँ प्रवद्र्धन मञ्च (भिटोफ नेपाल), नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा), मगर पर्यटन समाज लगायत संघसंस्थाहरु तथा विभिन्न व्यक्तित्वहरुको सहभागिता थियो ।