ब्यानर

तमू प्ये ल्हु संघ चितवनको इच्छाकामनामा नयाँ इकाई समिति गठन

चितवन । गुरुङ समुदायको मौलिक धर्म, संस्कार, संस्कृतिको संरक्षण सम्वद्र्धनका स्थापित संस्था तमू प्ये ल्हु संघ चितवनले इच्छाकामना गाउँपालिकाको चण्डिभञ्ज्याङ्गमा नयाँ इकाई समिति गठन गरेको छ । गाउँपालिकाको वडा नं. ६ स्थित सौरबिसौना गाउँमा आज एक कार्यक्रमको आयोजना गरि संघले इकाई समिति गठन गरेको हो ।

संघले ३० औं गाउँ इकाई समितिको रुपमा साविकको चण्डिभञ्ज्याङ्ग गाविस अन्तर्गत रहेको मस्राङ, बेसडाँडा, ढाला, थामडाँडा, सौरबिसौना र टोड्के गाउँलाई समेटेर १ सदस्य पछि थप गर्ने गरि ९ सदस्यीय तमू प्ये ल्हु संघ सुनचरी इकाई समिति गठन गरेको हो ।

नवगठित समितिको अध्यक्षमा होम बहादुर गुरुङ, उपाध्यक्षमा सन्त बहादुर गुरुङ, सचिवमा लोक बहादुर गुरुङ, सह–सचिवमा सत्यलाल गुरुङ, कोषाध्यक्षमा गोरीमाया गुरुङलाई चयन गरेको यस्तै सदस्यहरुमा कमला गुरुङ, तिल गुरुङ र भिम बहादुर गुरुङ रहेका छन् ।

इकाई समिति गठन कार्यक्रमको सभापति संघका चितवन अध्यक्ष बिक्रम गुरुङ रहेका थिए भने प्रमुख अतिथि संघका चितवन जिल्ला सल्लाहकार समितिका अध्यक्ष भिम बहादुर गुरुङ रहेको थिए ।

यस्तै कार्यक्रममा संघका महिला समिति उपाध्यक्ष पूर्णीमाया गुरुङ, जिल्ला युवा समितिका अध्यक्ष राजिव गुरुङ लगायत संघका विभिन्न पदाधिकारी तथा सदस्यहरुका साथै स्थानीय गुरुङ समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा नवगठित इकाई समितिलाई संघको तर्फबाट माईनट बुक, झण्डा, ल्होकोर, विद्यान लगायतका सामाग्रीहरु हस्तान्तरण पनि गरिएको थियो ।