प्रवास

गुरुङ (तमू) समाज मकाउको अध्यक्षमा पुनः लिलबहादुर गुरुङ

काठमाडौं । गुरुङ (तमू) समाज मकाउको अध्यक्षमा पुनः लिलबहादुर गुरुङ निर्वाचित भएका छन् ।

२०२३ अक्टोबर १९ तारिख बिहीबारका दिन भएको समाजको ऐतिहासिक तेस्रो अधिवेशनबाट अध्यक्ष पुनः लिलबहादुरलाई निर्विरोध निर्वाचित गरेको हो ।

गोराको पुरानो घर स्याङ्जा फेदीखोला गाउँपालिका शिरस्वारा हो भने हाल पोखरामा बस्छन, केही वर्षदेखि मकाउमा कार्यरत छन् ।

नवनिर्वाचित कार्यसमिति नामावली–

१, अध्यक्ष – लिल बहादुर गुरुङ (गोरा)
२. वरिष्ठ उपाध्यक्ष – सन्तोष गुरुङ
३. उपाध्यक्ष – अमृत गुरुङ
४. सचिव भिम गुरुङ
५, सह–सचिव – कृष्ण बहादुर गुरुङ
६. कोषाध्यक्ष – मनकुमारी गुरुङ
७. सह–कोषाध्यक्ष – अशोक गुरुङ

कार्यसमितिमा अन्य सदस्यहरु भने थप गरिने जनाएको छ ।