ब्यानर

प्रथम टिकटक लाइभ खुल्ला गुरुङ नृत्य प्रतियोगिता हुँदै

बुटवल । ‘तमु क्येए पोँले, प्ये ताँ ल्हु ताँ ल्वोले’ अर्थात गुरुङ भाषा बोलौ, संस्कार, संस्कृति सिकौ भन्ने मुल नाराका साथ सामाजिक संजाल @gurungbabita7 टिकटक आइडी ग्रुपबाट प्रथम टिकटक लाइभ खुल्ला एकल तथा युगल नृत्य प्रतियोगिता भर्चुअल रुपमा आयोजना गरिने भएको छ ।

प्रयोगितामा सहभागी प्रतियोगीहरुले मौलिक गुरुङ पहिरनमा गुरुङ भाषाका गीतमा आफ्नो नृत्य प्रस्तुत गर्नुपर्ने कार्यक्रमका संयोजक बबिता गुरुङले जानकारी दिइन ।

प्रतियोगितामा क्रमशः प्रथम हुनेले नगद १५ हजार र प्रमाणपत्र, द्वितिय हुनेले नगद १० हजार र प्रमाणपत्र, तृतीय हुनेले नगद ५ हजार र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यसैगरी प्रोत्साहन स्वरुप सान्त्वना दुई जना प्रतियोगीले २–२ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गर्नेछन ।

कार्यक्रम आउदो कार्तिक महिनाको १८ गते शनिवार दिनको ४ बजेदेखि @gurungbabita7 सुरु हुनेछ ।

गुरुङ नृत्य प्रतियोगितामा १५ वर्षदेखि माथिकाले भाग लिन सक्नेछन् । कार्यक्रममा गुरुङ गायक गायिकाहरुको पनि साङ्गीतिक प्रस्तुती रहने कार्यक्रमका सह–संयोजक कृष्ण गुरुङले जानकारी दिए ।

भाषा संस्कार, संस्कृति सम्बर्द्धन र संरक्षण गर्नका लागि यो ग्रुपले यसअघि पनि गुरुङ भेषभुषा प्रतियोगिता सम्पन्न गरिसकेको छ ।