प्रवास

तमु समाज यूकेले मनायो आफ्नो १६औं वार्षिक उत्सव

  • नारायण सिंह गुरुङ

युके । तमु समाज युकेले आफ्नो १६औं स्थापना दिवस मनाएको छ । यहि सेप्टेम्बर ३० मा लन्डनको वेम्बलीस्थित वार्नहम पार्कमा रहेको आफ्नै समाज घरमा तमू समाज युकेले १६औं स्थापना दिवस मनाएको हो । तमु समाज युकेले यस पटकको वार्षिकोत्सव संस्थाको निर्णय अनुसार पारिवारिक माहोलमा मनायो ।

कार्यक्रममा प्रमुख अतिथीका रुपमा समाजका सल्लाहकार तथा बार्नेट काउन्सिलका काउन्सिलर कमल गुरुङ र उहाँकी धर्मपत्नी श्रीमति मिना कुमारी गुरुङ सहभागी हुनु भएको थियो । त्यसैगरी कार्यक्रममा आमा समुहका पूर्वअध्यक्ष श्रीमती माया गुरुङ, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, श्रीमति जयन्ती गुरुङ, पूर्व अध्यक्ष अर्जुन कुमार गुरुङ, श्रीमति विष्णु कुमारी गुरुङ, निवर्तमान अध्यक्ष शिवचन्द्र गुरुङ, श्रीमति मिरा गुरुङ, उपाध्यक्षहरु श्रीमति बिन्दु घले, भिमबहादुर गुरुङ, आमा समुहका अध्यक्ष उमा देवी गुरुङ, उपाध्यक्ष श्रीमति मथुरा गुरुङ, समाजका सल्लाहकार एवम् अधिवक्ता राजु थापा, सल्लाहकार काशीराम बोहोरा र सल्लाहकार एवं तमू धिं युकेका पूर्व अध्यक्ष सुवास सिंह गुरुङ (एमबिई), सल्लाहकार एवं गोर्खा जिल्ला गुरुङ समाज युकेका संस्थापक अध्यक्ष ले.रि. थम प्रसाद गुरुङ, सल्लाहकार तथा तनहुँ समाज युकेका संरक्षक लेख गुरुङको उपस्थिति रहेको थियो । समाजका उपाध्यक्ष भिमबहादुर गुरुङ, प्रमुख अतिथि काउन्सिलर कमल गुरुङ र संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले संयुक्त रुपमा दीप प्रज्वलन गरी शुभारम्भ गरिएको कार्यक्रममा उपाध्यक्ष श्रीमति बिन्दु घलेले समाजको ऐतिहासिक पृष्ठभूमिदेखि हालसम्मका उपलब्धिहरुबारे प्रकाश पार्दै सहभागी सबैलाई स्वागत गर्नु भयो । कार्यक्रममा सल्लाहकार तथा गोर्खा जिल्ला गुरुङ समाजका संस्थापक ले. थम प्रसाद गुरुङ, आमा समुहका उपाध्यक्ष श्रीमति मथुरा गुरुङ, पूर्व अध्यक्ष अर्जुन कुमार गुरुङ, निवर्तमान अध्यक्ष शिवचन्द्र गुरुङ र संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले शुभकामना ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा अन्य संस्थामा नेतृत्वकर्ताको भूमिका निभाउनु भएका समाजका सदस्यहरुलाई सम्मान गरिएको थियो । जसअनुसार घान्द्रुक समाज युकेका अध्यक्ष नारायण सिंह गुरुङ, वा. के. ता. समाज लमजुङका अध्यक्ष सुब घले र गैर आवासीय नेपाली संघ युकेका सदस्य काशीराज बोहोरालाई सम्मान गरिएको थियो । त्यसक्रममा तमु समाज युकेका अध्यक्ष शिव कुमार गुरुङ, काउन्सिलर कमल गुरुङ र संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले सम्मानित सदस्यहरुलाई फेटा र खादा लगाएर सम्मान गर्नु भएको थियो ।

त्यसैगरी यसै वर्ष तमु धी युके द्वारा आयोजित १३औं नेपाली मेलामा तमु समाज यूकेका तर्फबाट नृत्य र झाँकी प्रस्तुतीका लागि खटिएका कलाकार तथा अन्य सदस्यहरुलाई अध्यक्ष, प्रमुख अतिथि र संस्थापक अध्यक्षले खादा ओडाएर सम्मान गर्नु भएको थियो । यसरी सम्मान प्राप्त गर्नेहरुमा सल्लाहकार ज्ञानबहादुर गुरुङ, सदस्यहरु सूर्य कुमारी गुरुङ, लिल कुमारी गुरुङ, कुबिन्धर गुरुङ, मन कुमारी गुरुङ, सुश्री बिजु गुरुङ, गोपाल गुरुङ, निवर्तमान साँस्कृतिक सचिव सरु गुरुङ राना, तमु कलाकार साँस्कृतिक मञ्च यूकेका निवर्तमान अध्यक्ष कुमार गुरुङ, तमु कलाकार साँस्कृतिक मञ्च यूकेका अध्यक्ष पदमबहादुर गुरुङ, कोसेली नेपाली साँस्कृतिक परिवार युकेका संस्थापक अध्यक्ष अमृत गुरुङ, सुश्री जरिना गुरुङ, सुश्री सुमी गुरुङ, सुश्री दिया लिम्बु, सुश्री सुजिता गुरुङ, सुश्री सुबिना घले, सुश्री ओसिस राना, साईमन थापा, सिद्धार्थ गुरुङ र गौरव गुरुङ रहेका छन । त्यस अवसरमा झाँकी प्रदर्शनका लागि आकर्षक घर तयार पार्नु हुने सदस्य अमृत गुरुङ र ज्येष्ठ नागरिक गुमान सिंह गुरुङलाई पनि सम्मान गरिएको थियो ।

त्यसैगरी तन, मन र धन दिएर समाजका लागि अहोरात्र खटिने सदस्यहरुलाई उत्कृष्ट समाज सेवा सम्मान २०२३ द्वारा सम्मान गरिएको थियो । त्यस क्रममा सल्लाहकार अधिवक्ता राजु थापा, श्रीमति सूर्य कुमारी गुरुङ, श्रीमति मन कुमारी गुरुङ, श्रीमति लिल कुमारी गुरुङ र श्रीमति कुबिन्द्री गुरुङलाई समाजका अध्यक्ष, प्रमुख अतिथि र संस्थापक अध्यक्षले प्रमाण पत्र, खादा र पछ्यौरा ओढाएर सम्मान गर्नु भएको थियो । सम्मानकै क्रममा गैर आवासीय नेपाली संघ युकेका प्रमुख सल्लाहकार पदमा मनोनित हुनु भएकोमा
समाजका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङलाई उपाध्यक्ष भिमबहादुर गुरुङ र प्रमुख अतिथि काउन्सिलर कमल गुरुङले खादा र फेटा लगाई सम्मान गर्नु भएको थियो । त्यसैगरी मुई थाई स्पोट्र्समा विशेष सफलता हाँसिल गर्नु भएका समाजका निवर्तमान अध्यक्ष श्री शिवचन्द्र गुरुङ र श्रीमति मिरा गुरुङका सुपुत्र संगम गुरुङलाई खादा र फेटा लगाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा समाजका अध्यक्ष शिव कुमार गुरुङ, प्रमुख अतिथि काउन्सिलर कमल गुरुङ, पूर्व अध्यक्ष अर्जुन कुमार गुरुङ, उपाध्यक्ष भिमबहादुर गुरुङ र श्रीमति बिन्दु घले निवर्तमान अध्यक्ष शिवचन्द्र गुरुङले संयुक्त रुपमा केक काटेर तथा स्याम्पेन फोडेर खुशियाली मनाइएको थियो । कार्यक्रममा प्रमुख अतिथि काउन्सिलर कमल गुरुङ र अध्यक्ष शिव कुमार गुरुङले धन्यवाद मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

समाजका युवा सदस्य प्रज्वल गुरुङको साउण्ड सिस्टम व्यवस्थापनमा सुश्री सुमिना गुरुङले प्रस्तुत गर्नु भएको नृत्य तथा सहभागी सबैले स्वस्फुर्त रुपमा प्रस्तुत गरेको फ्लोर डान्स विशेष आकर्षण बनेको थियो । समाजका अध्यक्ष शिव कुमार गुरुङको सभापतित्वमा महासचिव धरमबल गुरुङले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । कार्यक्रमका सहभागीहरुले रारा क्याटरिङले पस्केको खाजा र खानाको निकै प्रशंसा गरेका थिए ।