गीत–संगीत

एसिया कपको उद्घाटन खेलमा डा. त्रिशला गुरुङले प्रस्तुति दिने

काठमाडौं । पाकिस्तानको मुल्तानमा बुधबारदेखि हुने एसिया कप २०२३ मा नेपाली गायिका डा. त्रिशला गुरुङ र पाकिस्तानी गायिका ऐमा बाइगले प्रस्तुति दिने हुनुभएको छ ।

गुरुङ त्यसका लागि पाकिस्तान प्रस्थान गरिसक्नुभएको छ । उहाँहरुले मुल्तान क्रिकेट रंगशालामा प्रस्तुति गर्ने कार्यक्रम तय भएको छ ।

मुल्तान रंगशालामा एसिया कप क्रिकेटको उद्घाटन म्याच नेपाल र आयोजक राष्ट्रबीच बुधबार हुँदैछ । त्यही खेलअघि राष्ट्रिय गानलगायतको प्रस्तुति दिने कार्यक्रम छ ।