समाचार

तमू बिद्यार्थी छोज धींको राष्ट्रिय पार्षद भेला धादिङबेसीमा हुने

काठमाडौं । नेपाल तमू (गुरुङ) विद्यार्थी छोज धीं केन्द्रीय समितिको २१औं राष्ट्रिय पार्षद भेला धादिङको धादिङबेसीमा हुने भएको छ ।

शनिवार काठमाडौंमा बसेको विद्यार्र्थी छोंज धीँको तेस्रो केन्द्रीय समिति बैठकले आगामी कार्तिक १८ र १९ गते धादिङबेसीमा पार्षद भेला गर्ने निर्णय गरेको अध्यक्ष विश्वराज गुरुङले जानकारी दिनुभयो ।

तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका सचिब तथा युवा बिद्यार्थी बिभाग प्रमुख जिएस गुरुङको प्रमुख आतिथ्यतता, र नेपाल तमू गुरुङ बिद्यार्थी छोंज धींका निवर्तमान अध्यक्ष तथा संरक्षक परिषदका अध्यक्ष पुकार गुरुङको बिशेष आतिथ्यतामा बैठक बसेको थियो ।

बैठकले प्रदेश ३ को पहिलो अधिबेशन पनि कार्तिक १८–१९ गते धादिङको धादिङबेसीमा गर्ने निर्णय गरेको छ ।