ब्यानर

फोटो पत्रकार राम गुरुङलाई राष्ट्रिय फोटोग्राफी पुरस्कार

पोखरा । अग्रज फोटोपत्रकार राम गुरुङलाई रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कार अर्पण गरिएको छ ।

विश्व फोटोग्राफी दिवसको अवसरमा आयोजित पोखरा फोटोग्राफर संघको ४२ औं साधारण सभामा गुरुङलाई उक्त सम्मान अर्पण गरिएको हो ।

फोटोग्राफीको क्षेत्रमा विगत लामो समयदेखि योगदान दिदैं आएको भन्दै गुरुङलाई नगद २५ हजार ५ सय ५५ रुपैयाँ सहित दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो ।

सो अवसरमा बोल्दै पुरस्कृत गुरुङले आगामी दिनमा थप काम गर्न उत्साहित गरेको बताउनुभयो ।

उहाँले फोटोपत्रकार हुनु अघि फोटोग्राफर नै हुनुपर्ने धारणा राख्दै अनुज फोटोग्राफरहरुलाई निरन्तरता दिन आग्रह गर्नुभएको थियो ।

सोही कार्यक्रमकै अवसरमा संघमा आबद्ध सदस्यहरुको १२ पास गरेका छोराछोरीलाई सम्मानसमेत गरेको थियो ।