ब्यानर

बेलायतको मेडवे केन्ट काउन्सिलको मेयरमा नीना (मञ्जु) गुरुङ निर्वाचित

लन्डन । बेलायतको मेडवे केन्ट काउन्सिलको मेयरमा पनि नेपाली मूलकी नीना (मञ्जु) गुरुङ निर्वाचित भएकी छन् ।

स्थानीय निर्वाचनबाट काउन्सिलर बनेको १० दिनपछि नीना सोमबार भएको मतदानमा मेयर निर्वाचित भएकी हुन् । उनी गत मे ४ तारिखमा चाथाम सेन्ट्रल र ब्रोम्टन वडामा लेबर पार्टीबाट उम्मेदवार बनेर १ हजार २११ मत पाई काउन्सिलर निर्पाचित भएकी थिईन । सोही वडाबाट लेबर पार्टीकै डामोला अनिमासन र भिन्स म्यापल पनि विजय भएका छन् । सम्भवतः उनी बेलायतमा काउन्सिलर बन्ने नेपाली मूलको दोस्रो महिला हुन् । यसअघि स्वन्ली काउन्सिलमा लक्ष्मी गैरे काउन्सिलर भएकी थिइन् । गोर्खा समुदायबाट भने उनी पहिलो काउन्सिलर हुन् ।

नीना पूर्वगोर्खाकी छोरी, गोर्खाकी श्रीमती हुन् । उनको नेपालको रिभानमा माइतीघर र धम्पुसमा कर्मघर हो । गोर्खाज् डटकमका संस्थापक नीना गोर्खा नेप्लिज कम्युनिटी मिडवेकी पूर्वअध्यक्ष हुन् ।