काठमाण्डौ । तमु कलाकार संघ र तमु समाज युकेका पूर्व अध्यक्ष शिव चन्द्र गुरुङ बीच सौहार्दपूर्ण भेटघाट सम्पन्न भएको छ। उक्त अवसरमा पूर्व अध्यक्ष गुरुङले कलाकार संघको आर्थिक वृद्धि र संस्थागत सुदृढीकरणका लागि रु १५ हजार आर्थिक सहयोग प्रदान गर्नुभएको छ।
सोही कार्यक्रममा तमु कलाकार संघका अध्यक्ष सागर गुरुङ ले कलाकारहरू सधैं राम्रो काममा लागिरहनुपर्नेमा जोड दिनुभयो। उहाँले विशेषगरी विदेशमा आयोजना हुने कार्यक्रमहरूमा तमु कलाकारहरूले पाएको माया, सम्मान र समर्थनको उच्च मूल्याङ्कन गर्दै भविष्यमा पनि कलाकारहरूलाई निरन्तर अवसर प्रदान गरिनुपर्ने माग गर्नुभयो।

उहाँले कला, संस्कृति र भाषा संरक्षणमा कलाकारहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनहरूमा अझ सशक्त सहकार्यको अपेक्षा व्यक्त गर्नुभयो।
उक्त अवसरमा कलाकार हरु निशा गुरुङ,प्रीती गुरुङ,शारदा गुरुङ,तमु कलाकार संघका अध्यक्ष सागर गुरुङले पुर्व अध्यक्ष शिवचन्द्र गुरुङ लाई खदा लगाइ शुभकामना ब्यक्त गरेका थिए ।





