पोखरा । कीर्तिमानी कराते खेलाडी एरिका गुरुङले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा वर्षको उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी छिन्। उनले लगातार दोस्रो वर्ष यो अवार्ड जितेकी हुन् ।
गत वर्ष चार अन्तर्राष्ट्रिय स्वर्ण पदक जित्ने एरिकाले लगातार दोस्रो पटक वर्षक सर्वश्रेष्ठ महिला खेलाडीको अवार्ड जित्न खोखोकी मानमती धामी, कराँतेकी एलिसा रास्कोटी मगर, भलिबलकी सलिना श्रेष्ठ र फुटबलकी रेखा पौडेललाई पछाडि पारिन् । एरिकाले २०८० को पनि वर्ष महिला खेलाडी घोषित भएकी थिइन । कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्मा र पोखरा महानगरपालिकाकी उपमेयर मन्जुदेवी गुरुङले एरिकालाई अवार्ड प्रदान गरे ।
गत वर्ष एरिकाले भुटानमा सम्पन्न आठौं दक्षिण एसियाली करातेमा दोहोरो स्वर्ण तथा अस्ट्रेलियन ओपन २०२४ र सिंगापुरमा सम्पन्न १६ औं एसिया प्यासिफिक कराते च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी थिइन् । यसगरी एीरकाले चीनमा भएको २०औंँ सिनियर कराते च्याम्पियनसिप र दुबईमा भएको विश्व कराते वन युथ लिगमा रजत पदक जित्न गौरव पनि हािसल गरिन् ।
उनले एवार्डसँगै पल्सर मोटरसाईकल जितिन् ।





