काठमाण्डौ । गुरुङ समुदायको महान पर्व तमू ल्होसारको पूर्व सन्ध्यामा तमूस्यो ह्युल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद् काठमाण्डौले शुभकामना आदान प्रदान गरेको छ । यहि शुक्रबार तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय कार्यालयको तमू ह्युल भवनमा एक कार्यक्रमको आयोजना गरी तमू ल्होसारको शुभकामना आदानप्रदान गरेको हो ।

तमूस्यो ह्युल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद् काठमाण्डौका अध्यक्ष लक्ष्मी गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय सदस्य आशाकुमारी गुरुङ रहनुभएको थियो भने विशिष्ट अतिथिको रुपमा तमूस्यो ह्युल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद् केन्द्रीय सदस्य एवं उपत्यका प्रमुख शान्ति गुरुङ, प्रचारप्रसार सचिव भिममाया गुरुङ ललितपुर अध्यक्ष चिनिमाया गुरुङ रहनुभएको थियो ।
यस्तै कार्यक्रममा तमूस्यो ह्युल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद् काठमाण्डौ जिल्लासँग आबद्ध समाजको महिला अध्यक्ष, पदाधिकारी, सदस्यज्यूहरु गरी करिब ५० जनाको सहभागीता रहेको थियो ।






