ब्यानर

भुम्दिकोट तमू समाज आमा समूह पोखराद्वारा चितवनका विद्यार्थी र विपन्न समुदायलाई न्यानो कपडा वितरण

कास्कीको पोखरामा स्थापित भुम्दिकोट तमू समाज पोखराको आमा समूहले तमू ल्होछारको पूर्वसन्ध्यामा न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण गरेको छ । समूहले शनिबार चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित पाँचकिलोमा एक कार्यक्रमको आयोजना गरि न्यानो ल्होछार अभियान अन्तर्गत न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेको हो ।

a459a588-402b-4901-bf54-b9778c8b30cc.jpeg

समाजको आमा समूह अध्यक्ष झुमा गुरुङको सभापतित्व तथा इच्छाकामना गाउँपालिका वडा नं. ६ का वडाध्इक्ष लक्ष्मण चेपाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा आधामारामा रहेको राष्ट्रिय आधारभुत विद्यालयका करिब ८० जना विद्यार्थी र १७ घर स्थानीय विपन्न परिवारलाई शैक्षिक सामाग्री र न्यानो कपडा वितरण गरेको हो ।

c3d65935-826a-4e2c-90bd-2dd73cd5a6fa.jpeg

कार्यक्रमलाई सम्बोन्धन गर्दै समूहले विगत वर्षहरुमा जस्तै यस वर्ष पनि न्यानो ल्होछार अभियान अन्तर्गत विपन्न परिवार र विद्यार्थीलाई तमू मै ताँ फाउण्डेशनसँगको समन्वयमा न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरिएको समूहका अध्यक्ष झुमा गुरुङले बताउनुभयो । ‘हाम्रो गुरुङ समुदायको ल्होछारमा हामी मात्रै खाने पिउने रमाउने हैन अरुलाई पनि बाडेर रमाउने अभिप्रायले यो जाडोमा हामी न्यानो बाड्न आएका हौं । –उहाँले भन्नुभयो ।

78a57e75-fb72-48a9-87a4-5e47b41527b2.jpeg

यस्तै कार्यक्रमका प्रमुख अतिथि इच्छाकामना गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष लक्ष्मण चेपाङ आफ्नो वडाका विपन्न समुदाय र विद्यार्थीलाई यो जाडोमा न्यानोपन बाड्न आउनुभएकोमा समाजका सबै दानविर महानुभावहरुलाई स्वागत र धन्यवाद दिनुभयो ।

bbe97979-3a57-40dd-8cd7-972cd3a67095 (1).jpeg

समाजले गुरुङ समुदायको महान पर्व तमू ल्होसारको अवसर पारेर २०७५ साल देखि हरेक वर्षको पौष ५ गते न्यानो ल्होसार अभियान अन्तर्गत विभिन्न स्थानका विपन्न समुदायका लागि न्यानो कपडा, खाद्यान्न र विद्यार्थीहरुका लागि न्यानो कपडा, शैक्षिक सामाग्री, पौष्टिक आहारहरु वितरण गर्ने गरिएको भुम्दिकोट तमू समाज पोखराको आमा समूह सचिव देउताकुमारी गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार समाजले यो वर्ष मात्रै करिब २ लाख रुपैयाँ बराबरको न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेको हो ।

73e94973-b50b-4448-941b-098da78acedf.jpeg

समाजले विषेश गरेर समूहमा आवद्ध करिब ६४ घर परिवार सदस्यबाट सहयोग रकम संकलन गरि न्यानो ल्होसार अभियान संचालन गर्ने गरेको छ । यद्यपी यसमा समूहमा आवद्ध नभएका अन्य केही दानविरहरुले समेत सहयोग गर्ने गरेको समूहका सचिव गुरुङले बताउनुभयो ।

1ee73b7b-e63a-4747-92d8-780fd27a65ac.jpeg

यसैगरी समाजको न्यानो ल्होसार अभियानसँग सहकार्य गर्दै तमू धीं युके आमा समूहले भुम्दिकोट तमू समाज पोखराको आमा समूहलाई नगद ७० हजार रुपैयाँ प्रदान गरेको छ । सो रकम तमू धीं युके आमा समूहको प्रतिनिधिको पमा पूर्व महासचिव यसोदा गुरुङले भुम्दिकोट तमू समाज पोखराको आमा समूहका अध्यक्ष झुमा गुरुङलाई हस्तान्तरण गर्नुभयो ।

21a3c33d-6f63-48be-8c68-da380038bacc.jpeg