ह्याम्बर्ग, जर्मनी : तमू समाज ह्याम्बर्ग जर्मनी e.V. ले आगामी २४ डिसेम्बर २०२५ को साँझ ‘त-ल्हो तमू ल्होसार साँझ २०२५’ नामक भव्य सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।
समाजले ल्होसार चाड बिगत २३ वर्ष देखि जर्मनी हाम्बुर्ग सहर मा मनाउदै आइ रहेको छ । समुदायको भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा विभिन्न सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुतिहरू रहनेछन्। कार्यक्रममा गायक धन बहादुर गुरुङ र गायक लाउरे कान्छाका विशेष प्रस्तुति रहने छन्। साथै DJ K-World ले कार्यक्रमभरि आकर्षक DJ सेसन प्रस्तुत गर्नेछन्। सहभागीहरूले सफ्ट ड्रिंक र डिनरसहित कार्यक्रमको मजा लिन पाउने व्यवस्था गरिएको छ। प्रवेश शुल्क सिंगलका लागि ४० युरो र फ्यामिलीका लागि ७० युरो तोकिएको छ।
कार्यक्रम २४ डिसेम्बर २०२५ का दिन साँझ ८ बजेबाट सुरु हुनेछ भने मुख्य प्रस्तुति १०:३० बजेबाट प्रारम्भ हुनेछ। यस वर्षको ल्होसार विशेष कार्यक्रम Schlenzig Str. 11, 21107 Hamburg मा आयोजित हुनेछ। यो कार्यक्रमलाई अझ उत्साहजनक बनाउन आयोजक समितिले आकर्षक पुरस्कारसहितको लक्की ड्र आयोजना गरेको छ, जहाँ प्रथम पुरस्कार १००० युरो र दोस्रो पुरस्कार ५०० युरो राखिएको छ। कार्यक्रम ह्याम्बर्गवासी तमू समुदाय तथा नेपाली डायस्पोराका लागि भेटघाट, मनोरञ्जन र सांस्कृतिक समृद्धिको महत्वपूर्ण अवसर हुने अध्यक्ष सुन्दर गुरुङले जानकारी दिएको छ।





