जापान : ‘प्ये महस्या छ्या महमु,छ्या महस्या ल्हु म्हमु,ल्हु म्ह्य्स्याँ म्हि म्हमु ’ भन्ने मुख्य नारासहित तमूधि जापानले सन् २०२६ जनवरी ३ तारिक का दिन ३१औ तमू ल्होसार साँझ भव्य रूपमा मनाउने तयारी गरेको छ।सर्प वर्गको बिदाइ र घोडा वर्गको स्वागत गर्दै लम गुरु सन्दीप तमू र पच्यु गुरु पदम पच्यु को नेतृत्वमा ग्रह दशा पूजा गरि रिपा लगाइ शुरु गरिने छ ।
तमूधीं जापान सांस्कृतिक परिवार द्वारा विभिन्न सांस्कृतिक कार्यक्रम को प्रस्तुति रहने छ साथै स्थानीय कलाकारहरू रुपेश गुरुङ, अमर गुरुङ, दिपेश गुरुङ काजी र मेरो भ्वाइस युनिभर्स सीजन २ का विजेता प्रथम गुरुङले विशेष प्रस्तुति दिनेछन्।
कार्यक्रम २०२६ जनवरी ३ तारिख, शनिबारका दिन स्पाइस हब मिताका मा आयोजना हुनेछ। कार्यक्रमलाई जापान मनि एक्स्प्रेसले साथ दिने छ। सन् १९९५ मा स्थापना भएको तमू धीं जापानले निरन्तर रूपमा समुदाय र मानवीय सेवामा योगदान पुर्याउँदै आएको छ। हरेक वर्ष मनाइने ल्होसार विशेष कार्यक्रममा जस्तै यस पटक पनि कला, संस्कृति, परम्परागत भेषभूषा, खाद्यान्न तथा विविध सांस्कृतिक स्वाद प्रस्तुत गरिने अध्यक्ष हिमाली गुरुङले जानकारी दिएका छन् ।
उक्त कार्यक्रममा प्रति व्यक्ति ¥४,०००येनमा भोजनको व्यवस्था सहित पहिलो पटक सुनको चन्द्रमा एकजनालाई लक्की ड्र मार्फत उपहारको व्यवस्ता गरेको छ ।
पुजा बिहान ११ः३०बजे बाट शुरू गरि सांस्कृतिक कार्यक्रम दिउसो २ः००देखि ८ः३० वजे सम्म रहने छ ।तमु धीं जापानको ३ वटा शाखाहरुले समेत भव्य रुप मा मनाउने कार्यक्रम रहेको छ । जस्मा किताकान्तो शाखामा डिसेम्बर ३१ तारिक, नागोया मा जनवरी १ तारिक र फुकोओका शाखा मा जनवरी ३ तारिक मनाउने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।





