गुरुङ विशेष

तमू एसोसिएसन अफ हङकङले नयाँ वर्षको दिन भव्य रूपमा तमू ल्होछार मनाउने

हङकङ : तमू एसोसिएसन अफ हङकङले नयाँ वर्षको दिन भव्य रूपमा तमू ल्होछार मनाउने तयारी गरेको छ। सन् १९९८ मा स्थापना भएको संघले यस वर्ष पनि नेपाली समुदायबीच ल्होछारलाई उत्साहपूर्वक मनाउने उद्देश्यले विशेष कार्यक्रमको आयोजना गरेको हो।

कार्यक्रम जनवरी १, २०२६ का दिन दिउँसो १२ बजे, हङकङको मन्की हिलमा हुने छ। कार्यक्रममा मेरो डान्स युनिभर्स सिजन २ की विजेता रिस्ता गुरुङ, मेरो भ्वाइस युनिभर्स सिजन २ का विजेता प्रथम गुरुङ तथा चर्चित गायिका ममता गुरुङले सांगीतिक तथा साँस्कृतिक प्रस्तुति दिनेछन्। साथै, कार्यक्रमको संचालन चर्चित प्रस्तोता मनोज गुरुङले गर्ने भएका छन्।

 

यस वर्षको ल्होछारमा सांस्कृतिक झाँकी,डोरि तान्ने,छेलो हान्ने खेल ,परम्परागत खेलकुद, भेषभूषा प्रतियोगिता लगायतका आकर्षक गतिविधिहरू समावेश गरिएको छ। विभिन्न मनोरञ्जनात्मक कार्यक्रमसँगै सहभागीहरूका लागि BBQ तथा अन्य स्थानीय परिकारहरूको पनि व्यवस्था गरिएको तमू टहो ह्युलका अध्यक्ष इश्वर गुरुङले जानकारी दिए ।

कार्यक्रमको मुख्य आकर्षणमध्ये रहेको लक्की ड्र मार्फत सहभागीहरूले iPhone 17, दुईतर्फि जहाज टिकट, AirPods तथा अन्य पुरस्कृत सामग्री जित्ने मौका पाउनेछन्।

सहभागीहरूको सहज आवागमनका लागि आयोजकले जोर्डान, योनलुङ 68M देखि मन्की हिल सम्म निःशुल्क बस सेवा उपलब्ध गराउने जनाएको छ।तमु एसोसिएसन अफ हङकङले ल्होछार लाई सांस्कृतिक पहिचान तथा समुदायबीच एकताको रूपमा मनाइने भएकाले हङकङमा बसोबास गर्ने सम्पूर्ण नेपालीलाई कार्यक्रममा सहभागी भई ल्होछार उत्सवलाई सफल पारिदिन आग्रह गरेको छ।