प्रवास

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको सल्लाहकारमा दीपक गुरुङ

काठमाडौँ । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले दीपक गुरूङ (डेबिट)लाई सल्लाहकारमा मनोनयन गरेको छ। समितिको मंसिर ७ गते बसेको बैठकले उनलाई सल्लाहकारमा मनोनयन गरेको हो।

समितिले जारी गरेको विज्ञप्तिमा मनोनित व्यक्तिले संस्था तथा समुदायको हितमा महत्त्वपूर्ण भूमिका निभाउने विश्वास व्यक्त गरिएको छ। साथै आगामी दिनमा स्याङ्जा समाजको प्रवर्द्धन, सहकार्य र समन्वयका लागि सक्रिय सहभागिता रहने अपेक्षा गरिएको छ।

विज्ञप्तामा संस्थाको उद्देश्यअनुसार समाजसेवा, मार्गदर्शन र सहयोग प्रवाहका गतिविधिमा योगदान पुर्‍याइने भन्दै शुभकामना समेत व्यक्त गरिएको छ। उक्त सूचना समितिका अध्यक्ष मीन क्षेत्री र महासचिव ओमप्रकाश पौडेलले संयुक्त रूपमा जारी गरेका हुन्।