काठमाडौँ । तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद् काठमाडौंले आयोजना गरेको बटुवा धुप बनाउने तालिम सकिएको छ। तमूस्यो ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय समितिकी उपाध्यक्ष सीता गुरुङको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो।
२० जना सहभागी उक्त तालिमअवधिभर मीना गुरूङले प्रशिक्षण दिएकी थिइन्। महिलाहरूलाई घरमै बसेर पूजा–धूप तथा अगरबत्ती बनाउन दक्षता प्रदान गर्न तालिमको आयोजना गरिएको समितिकी अध्यक्ष लक्ष्मी गुरुङले बताइन्।
‘यस तालिमले सिकाइएका सीपलाई व्यावसायिकरूपमा विकास गर्न सकिने सम्भावना प्रवल छ,’ उनले भनिन्, ‘यस्ता तालिम आयोजना गरिँदा महिलाहरुलाई आत्मनिर्भर एवम् स्वरोजगार बनाउन सकिन्छ।’
घरमै धुप उत्पादन गरी बिक्री गर्न तथा आय–आर्जनको लागि नयाँ अवसर सिर्जना गर्न पनि तालिमले सहयोगी भूमिका खेल्न सक्ने उनको भनाइ छ।






