ब्यानर

तमू प्ये ल्हु संघ युवा समिति चितवनद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

भरतपुर । तमू प्ये ल्हु संघ युवा कार्यसमितिले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । भरतपुर महानगरपालिका वडा नं–२९ मा कार्यक्रममार्फत न्यानो कपडा वितरण गरिएको हो ।

जाडो मौसम सुरू भइसकेको हुँदा चिसोबाट बचाउन बालबालिकालाई न्यानो कपडा वितरण गरिएको समितिका अध्यक्ष विशु लामा गुरूङले जानकारी दिए । तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम च्हम्रु तमूको विशेष उपस्थितिमा कार्यक्रम गरिएको हो ।

युवाहरुको संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत समाज र विद्यार्थीलक्षित कार्यक्रममार्फत समाजमा योगदान दिने प्रयास गर्नु नै नयाँ पुस्ताको सकारात्मक कार्य भएको तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष गुरूङले बताए ।