समाचार

तमू साँस्कृति प्रतिष्ठानको निबन्ध प्रतियोगितामा विशेषता तिवारी प्रथम

पोखरा । तमु साँस्कृतिक प्रतिष्ठान नेपालले आफ्नो रजत जयन्तीको अवसरमा आयोजना गरेको ‘अन्तरविद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगिता’ कार्यक्रममा मदरल्याण्ड माविका विशेषता तिवारी प्रथम भएका छन् । शनिबार पोखरा ३, नदीपुरस्थित माउन्ट अन्नपूर्ण माविमा सम्पन्न प्रतियोगितामा उनले प्रथम स्थान हासिल गएका हुन् ।

लिटिल स्टेप माविका संस्थापक प्राचार्य श्री पम्फा गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विन्ध्यावासिनी माविका पूर्णिमा भट्टराई द्वितीय, सृजना माविका दुर्गा सिग्देल तृतीय र प्रतिभा माविका विशाल खत्रीले सान्त्वना पुरस्कार हासिल गर्न सफल भएका छन् । प्रतियोगितामा प्रथम हुनेले १० हजार द्वितीय हुनेले ७ हजार तृतीय हुनेले ५ हजार र सान्त्वना हुनेले नगद २ हजार पुरस्कार पाएका छन् ।

विभिन्न विद्यालयका ५२ जना विद्यार्थीहरु सहभागी भएका यस कार्यक्रममा प्रमुख अतिथि गुरुङले विद्यार्थीहरुको प्रतिभा तथा लेखन क्षमतालाई तिखार्न यस्ता कार्यक्रमले अहम् भूमिका खेल्ने बताउनु भयो ।

d169b99b-2fa9-4ff9-a544-c4131bd29d7e.jpeg

प्रतियोगितामा माउन्ट अन्नपूर्ण माविका नेपाली शिक्षक दण्डपाणि सुवेदी, गुरुङ साहित्यीक मन्चका संस्थापक अध्यक्ष तथा मुक्तककार गौरी गुरुङ र मादी न्युजका सम्पादक सन्चारकर्मी रोश्नी गुरुङको तीन सदस्यीय निर्णायक मण्डल रहेको थियो भने संस्थाका प्रथम उपाध्यक्ष भेषबहादुर गुरुङ, निर्णायक गौरी गुरुङ लगायतले मन्तव्य राख्नुभएको थियो ।

संस्थाका अध्यक्ष श्रीजङ गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम सह(सचिव एवम् यस कार्यक्रमका संयोजक लोकबहादुर गुरुङले संचालन गर्नुभएको थियो । कार्यक्रममा संस्थाका पूर्व पदाधिकारीहरु, सल्लाहकारहरु, विभिन्न विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो ।