ब्यानर

पहिलो राष्ट्रिय तमू भेडा कप फुटबल प्रतियोगिता सम्पन्न

खोटाङे गुरुङ युवा समुह कोआयोजनामा पहिलो राष्ट्रिय तमू भेडा कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ।

गत असोज ३ गतेदेखि ६ गतेसम्म प्रतियोगिता हुने भनियता पनि देशको फरक स्थितिले गर्दा कार्तिक २७ देखि २९ सम्म लाई राखियो यस्मा पनि समय अभाव भएकोले एक दिन थप गरि कार्तिक ३० गते फाइनल खेल सम्पन्न भयो ।

खोटाङ जिल्लाबाट अध्ययन तथा रोजगारी, व्यवसायका लागि काठमाडौँ आएर बसेका गुरुङहरूको साझा संस्थाको रुपमा स्थापित समाजले सञ्चालन गर्ने प्रतियोगितामा दर्ता शुल्क ९ हजार ९९९ रुपैयाँ तोकिएको थियो । त्यसको लागि कार्तिक २५ गतेभित्र टिम दर्ता गरि जम्मा २० टिम भएको हो यो आयोजकले सोचे भन्दा बडि टिम को सहभागिता भएको सम्योजक रुपनकाजी गुरुङले बताए।

काठमाडौं उपत्यका वा विभिन्न जिल्लामा रहेका गुरुङ संस्थाहरूले मात्र सहभागीता जनाउन सक्ने खेलाडीहरु सबै गुरुङ नै हुनुपर्ने व्यवस्था गरिएको थियो ।

पहिलो हुने च्या चुरक गोरखा ले मेडल,प्रमाणपत्र ,कप, नगद एकलाख रुपैयाँ र खोटाङ देखि ल्याइएको भेडा उचाल्न सफल भयो भने दोश्रो हुने संखुवासभा तमु सेवा समिती ले मेडल,प्रमाणपत्र ,कप र नगद पचास हजार रुपैया प्राप्त गरे ,तेस्रो हुने ९संयुक्त० धादिङ तमु गुरूङ समाज र गुरूङ बोइज लमजुङ ले प्रमाणपत्र ,मेडल,कप, नगद २५ हजार रुपैया प्राप्त गरेका थिए साथमा बेस्ट गोलकिपर संखुवासभा का पासाङ गुरुङ,उत्कृष्ट खेलाडी गोरखा का दिपेश गुरुङ ,शर्वाधिक गोल गर्ने संखुवासभा का विमल गुरुङ ले क्रमस नगद ५र५ हजार प्राप्त गरे । खेल निर्धारित समयमा गोल हुन नसके पछि पेनाल्टी मा ५र४ ले क्या चुरक गोरखाले जितेको हो ।

सस्था का पधाधिकारी,सल्लाहकार ज्युहरु र प्रमुख अथिती तमु ह्युल छोंज धीं का वरिष्ठ उपाध्यक्ष डम्बर गुरुङ र विषेश अथिती राजु गुरुङ्ज्यु ले खेलाडी हरु लाई हौसला दिदै कप,ट्रफी वितरण गर्नु भएको थियो ।