ब्यानर

तमु प्ये ल्हु संघ कास्कीको घुम्ति बैठक सम्पन्न

पोखरा । तमु प्ये ल्हु संघ जिल्ला समिति कास्कीद्वारा आयोजित घुम्ती बैठक तथा तमु प्ये ताँ ल्हु ताँ सम्बन्धी अन्तर्कृया कार्यक्रम मंसिर १ गते कास्कीको रामदी देउराली इकाई समिति रामदीको सभाहलमा सम्पन्न भएको छ ।

गत असोज २४ र २५ गते पोखरामा केन्द्रीय समितिको आयोजनामा सम्पन्न तेश्रो बृहत खेगी भेलाले पारित गरेको ३३ बुंदे घोषणापत्रलाई कार्यान्वयन स्वरुप दिन तमु प्ये ल्हु संघ रामदी देउराली इकाईमा तमु प्ये ताँ ल्हु ताँ सम्बन्धी अन्तर्कृया कार्यक्रमको आयोजना गरेको हो ।

तमु प्ये ल्हु संघ जिल्ला कार्यसमिति कास्कीका प्रथम उपाध्यक्ष केम बहादुर ल्हों तमुको संयोजकत्वमा र रामदी देउराली इकाईको व्यवस्थापनमा रामदीमा आयोजना गरिएको तमु प्ये ताँ ल्हु ताँ विषयक अन्तर्कृया कार्यक्रमलाई सिक्लेस निवासी पच्यु, पैंडी कर्ण बहादुर क्रोम्छें तमु र सार्दिखोला चौरा निवासी पच्यु डम्बर बहादुर ङोप्छे तमुले जिल्ला समिति कास्कीद्वारा प्रस्तुत कार्यपत्रमा सहजिकरण गरेका थिए ।

यसै क्रममा जिल्ला समिति कास्कीका सचिव क्या। डिक बहादुर म्होब्जे तमुले हालै सम्पन्न तेश्रो बृहत खेगी भेलाले पारित गरेको ३३ बुंदे घोषणापत्रलाई बुँदागत रुपमा स्पष्ट पार्दै अक्षररत पालना गर्न अनुरोध गरेका छन । यसैबीच गत भदौ २३ र २४ गते नेपालमा भएको जेनजी आन्दोलनका क्रममा बीरगति प्राप्त स्थानिय प्रहरी हवल्दारको परिवारलाई १६ हजार सहयोग गरेका छन ।

यसैगरी अध्यक्ष निमले संस्थाको झण्डा, क्होइबो ब्याच रामदी इकाईका अध्यक्षलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा केन्द्रीय समितिका सदस्य एवम् प्रचारप्रसार सह–संयोजक मोम प्रसाद क्रोम्छें तमु (मिलन), गण्डकी प्रदेश समितिका अध्यक्ष कुल प्रसाद सर्बुजा तमु, जिल्ला महिला समिति कास्कीका अध्यक्ष तिलमाया प्ल्हें तमु र उहाँको टिम यसैगरी जिल्ला युवा समिति कास्कीका अध्यक्ष रेश्मा र्हिला तमु उपश्थित रहेका थिए ।

तमु ९गुरुङ० समुदायको मौलिक धर्म, संस्कार, संस्कृति, भाषा, भेषभुषाको संरक्षण, सम्बर्दन र प्रवर्दन गर्ने र परम्परागत मुल्य मान्यता र विश्वासको मूलभूत आधार मानिने तमु प्ये ल्हु संघले ‘तमु प्ये ताँ ल्हु ताँ’ विषयमा केन्द्रित भएर आयोजित अन्तर्कृया कार्यक्रम समुदायको सांस्कृतिक पहिचान संरक्षणतर्फ एक महत्वपूर्ण पहलका रूपमा समुदायभित्र रहेका युवा, बुजुर्ग, महिला तथा बुद्धिजीवी सबैलाई एउटै प्लेटफर्ममा ल्याई तमुको मौलिक धर्मशास्त्र ‘तमु प्ये ताँ ल्हु ताँ’ को दार्शनिक पक्ष, आचार–संहिता, पूजापाठ, संस्कार र यसको व्यवहारिक जीवनमा पर्ने प्रभावबारे खुला छलफल गराउनु हो ।

कार्यक्रममा सहभागीहरूले आफ्ना अनुभव, जिज्ञासा तथा अभिमत राख्ने अवसर पाउँदा संस्थासँग आपसी समझदारी अझ गहिरो बन्ने विश्वास व्यक्त गरेका छन ।

यस्ता अन्तर्कृया कार्यक्रमले नयाँ पुस्तालाई आफ्नो संस्कार, संस्कृतिप्रति आकर्षित बनाउने, मौलिक पहिचान जोगाउने तथा समुदायमा देखिने बिसंगति–भ्रमहरू हटाएर एकता, सहकार्य र सचेतना फैलाउने काम गर्नुका साथै विशेषगरी आधुनिक तडकभडकका कारण परम्परा लोप हुँदै र कमजोर हुँदै गइरहेको अवस्थामा, यस्तो साझा बहसले धार्मिक, सांस्कृतिक र सामाजिक पुनर्जीवनमा ठूलो भूमिका खेल्नेछ ।

तमु प्ये ल्हु संघ रामदी देउराली इकाईका अध्यक्ष कृष्णमाया क्होला तमुको अध्यक्षता, जिल्ला समिति कास्कीका अध्यक्ष निम प्हच्यु तमुको प्रमुख आतिथ्यतामा सम्पन्न घुम्ती बैठक तथा तमु प्ये ताँ ल्हु ताँ सम्बन्धी विषयक अन्तर्कृया कार्यक्रमलाई रामदी देउराली इकाईका सचिव भिम बहादुर क्रोम्छें तमु र जिल्ला समिति कास्कीका सचिव क्या। डिक बहादुर म्होब्जे तमुले सञ्चालन गरेका थिए ।