- सम्राट गुरूङ
वि.सं.२०१७ कात्तिक ३० गते ताप्लेजुङको फुङलिङ, खरिबोटेमा जन्मिनुभएका बुद्धिराज गुरूङ नेपाल प्रहरीको बहालवाला प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) हुनुहुन्छ। प्रहरी प्रधान कार्यालयअन्तर्गत कार्यविभाग प्रमुखको रूपमा कार्यरत उहाँ बुबा स्व. खड्गबहादुर र आमा स्व. कौशिलाको कान्छो सन्तान हुनुहुन्छ।
हाल ललितपुर महानगरपालिका वडा नं.४, बागडोलमा स्थायी बसोबास गर्दै आउनुभएका बुद्धिराजका एक दाइ र दुई दिदी हुनुहुन्छ। वि.सं. २०५५ सालमा अनिता गुरूङसँग विवाह गर्नुभएका गुरूङ परिवारमा एक छोरा सुबान र एक छोरी सुबी हुनुहुन्छ।
कक्षा ३ सम्म सिद्धिडाँडास्थित पाथीभरा प्राथमिक विद्यालय (ताप्लेजुङ)मा पढ्नुभएका उहाँले त्यसपछि कक्षा ६ सम्मको अध्ययन भने ताप्लेजुङकै भानु माध्यमिक विद्यालयबाट पूरा गर्नुभयो। २०४३ सालमा जनता माध्यमिक विद्यालय हाङ्देवाबाट उत्कृष्ट नतिजासहित एसएलसी उत्तीर्ण गर्नुभयो।
उहाँले नेपाल कानुन क्याम्पस, काठमाडौंबाट स्नातक (बिएल) र त्रिभुवन विश्वविद्यालयबाट राजनैतिक शास्त्रमा स्नातकोत्तर गर्नुभएको छ। सानैदेखि चित्रकला, कानुन, न्याय र समानतासम्बन्धी विषयमा रूचि राख्दै आउनुभएका उहाँ खेलकुदमा पनि फुटबल, बुद्धिचाल, व्याडमिन्टनलगायतमा चासो राख्नुहुन्थ्यो।
बडो उत्सुक स्वभाव भएकोले सानो छँदा पनि कुनै नयाँ चिज पाएमा फुटाएर त्यसभित्र के छ भनेर हेर्नुपर्ने स्वभावका बुद्धिराज कुनै समय विदेशी लाहुरे बन्ने सोचमा हुनुहुन्थ्यो। तर, मनले सोचेजस्तै कहाँ हुन्छ र ? तसर्थ हाल नेपाल प्रहरीको उच्च पदमा आसिन हुनुहुन्छ।
सशस्त्र सङ्घर्षपछि वि.सं. २०६३ मा प्रहरी नायव उपरीक्षक (डिएसपी)मा पदोन्नति हुनुभयो। वि.सं. २०७१ मा प्रहरी उपरीक्षक (एसपी), वि.सं. २०७५ मा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हुँदै वि.सं. २०७९ सालमा प्रहरी नायव महानिरीक्षक (डिआइजी) पदमा बढुवा हुनुभयो।
बुबाको प्रयास नेपालमै पढेर सरकारी सेवाको उच्च पदमा पुर्याउने थियो। अध्ययनका क्रममा बुद्धिराजलाई कानुनको विषयले पनि राम्रैसँग छाइसकेको थियो। त्यसकारण उहाँले आफ्नो रूचिअनुसारको विषयमा अध्ययन गर्नुभयो। सानोमा प्रहरी सेवाप्रति त्यति सकारात्मक हुन नसके पनि कर्मले डो¥याएको बाटोमा उहाँ हिँडिरहनुभएको छ।
वि.सं.२०४६ को जनआन्दोलनताका प्रहरीले आन्दोलनकारीलाई नियन्त्रण गर्ने निहुँमा सडकमा हिँडिरहेका सर्वसाधारणप्रति गरेको दमनपूर्ण व्यवहार देखेपछि बुद्धिराजको मनमा एक खालको उर्जा प्रवाह भयो। प्रहरीको नेतृत्व तहमा पुग्न सके सङ्गठनभित्रको नकारात्मक विषयलाई सुधार्न सकिन्छ भन्ने अठोटका साथ प्रहरी सेवामा भर्ना हुने सोच बनाउनुभयो।
स्नातक तहको अध्ययन सकेपछि समकालीन साथी र आफन्तको सल्लाह र प्रेरणाले वि.सं.२०५० सालमा नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा बुद्धिराज गुरूङले पनि आवेदन दिनुभयो। करिब १ वर्ष लामो परीक्षाको प्रकृयापछि प्रहरी निरीक्षक पदमा दशौं वरियताभित्र उत्तीर्ण हुनुभयो। नतिजा प्रकाशनको करिब ५ महिनापछि वि.सं.२०५१ चैत ५ गते सरकारबाट प्रहरी निरीक्षक पदमा आधिकारिकरुपमा नियुक्ति लिनुभयो।
करिब १७ महिना लामो कठिन तालिमसँगै अन्य तालिमहरुमा पनि त्कृष्ट स्थान हासिल गर्दै जानुभएका बुद्धिराज सेवाकालीन तालिमपछि वि.सं.२०५२ देखि सुरू भएको माओवादीले थालेको सशस्त्र सङ्घर्षबाट प्रभावित क्षेत्रहरुमा परिचालित हुनुभयो। प्रहरी जीवनको सुरूवाती समय निकै कठिन र चुनौतीपूर्ण थियो। सुरूवातकै एक दशक समय निकै कष्टपूर्ण बन्यो।
दश वर्षसम्म चलेको सशस्त्र सङ्घर्षमा पनि विचलित नभई कर्तव्यमा अडिग रहँदै राष्ट्र र समाज सेवामा समर्पित बन्नुभयो। प्रहरी सङ्गठनले सुम्पेको सबै जिम्मेवारी निर्वाह गर्ने सिलसिलामा देशको धेरै दुर्गम क्षेत्र पुगेर सेवा गर्ने अवसर पनि उहाँलाई प्राप्त भयो। धेरै प्रहरी इकाइहरुमा उहाँले नेतृत्व गर्नुभयो।
सशस्त्र सङ्घर्षपछि वि.सं. २०६३ मा प्रहरी नायव उपरीक्षक (डिएसपी)मा पदोन्नति हुनुभयो। वि.सं. २०७१ मा प्रहरी उपरीक्षक (एसपी), वि.सं. २०७५ मा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हुँदै वि.सं. २०७९ सालमा प्रहरी नायव महानिरीक्षक (डिआइजी) पदमा बढुवा हुनुभयो।
डिएसपी हुँदा प्रहरी वृत चापागाउँ ललितपुर, इलाका प्रहरी कार्यालय कावासोती नवलपरासी, जिल्ला प्रहरी कार्यालय इलाम, जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यालय प्रमुख भएर जिम्मेवारी निभाउनुभयो। एसपी भएपछि भने जिल्ला प्रहरी कार्यालय रूपन्देही र जिल्ला प्रहरी कार्यालय मकवानपुरको कार्यालय प्रमुख भएर काम गर्नुभयो।
सोही अवधिमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान महाशाखा, केन्द्रीय अपराध अनुसन्धान ब्यूरो, प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयलगायतका प्रहरी सङ्गठनहरुको महत्त्वपूर्ण स्थानमा सफलतापूर्वक कार्यसम्पादन गरिसक्नुभएको छ।

एसएसपी पदमा हुँदा भने जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर (चितवन) र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज काठमाडौंमा सेवा गर्नुभयो। डिआइजीमा बढुवा भएपछि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सेवा गर्दै गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराको प्रमुख भएर काम गर्नुभयो।
त्यतिबेला प्रदेशमा शान्ति सुरक्षा कायम राख्न, खास गरी कार्यक्षेत्रमा प्रहरीको सीप, कौशलमा आएको ह्रासको अध्ययन गरी सुधारको कार्यक्रमहरु सञ्चालन गर्नुभएको थियो।
उहाँकै नेतृत्वमा गण्डकी प्रदेश प्रहरी कार्यालयबाट सञ्चालनमा ल्याइएका ग्रामीण गस्ती, लघु सचेतना, घरेलु हिंसा मेलमिलाप, हिरासत व्यवस्थापन अधिकृतको कार्यकक्ष सञ्चालन, अपराध अनुसन्धान सुधार गोष्ठी, घटनास्थल अनुसन्धान सुधार गोष्ठी, आधारभूत प्रहरी कारवाही सीप विकास, ट्राफिक सुरक्षा सचेतना कार्यक्रमलगायतका गतिविधिलाई कार्यान्वयनमा ल्याउन सफल भएको हो।
सन् २००२ मा संयुक्त राष्ट्र संघको शान्ति मिसन कोसोभोमा १ वर्ष, सन् २००८ मा संयुक्त राष्ट्र संघको शान्ति मिसन पूर्वी टिमोरमा १३ महिना र संयुक्त राष्ट्र संघको शान्ति मिसन डार्फर, सुडानमा १ वर्ष सेवा गरेर अन्तर्राष्ट्रियस्तरमा समेत शान्ति सुरक्षाका क्षेत्रमा उल्लेखनीय योगदान दिइसक्नुभएको छ।
यिनै कार्यहरुको मूल्याङ्कनबाट प्रदेश प्रहरीहरुको कार्यदक्षता मूल्याङ्कन प्रतियोगिता–२०८० (Police Baton Competition, 2080) मा गण्डकी प्रदेश प्रहरी कार्यालयले पहिलो स्थान हासिल गरी ‘Police Baton, 2080’ पुरस्कार हासिल गर्न सफल हुनुभयो। सातै प्रदेश प्रहरी प्रमुखहरुको मूल्याङ्कनमा पहिलो हुनुले पनि उहाँको कार्यकौशल, स्पष्ट कार्यदिशा, सङ्गठन र नेपाली जनताप्रतिको सच्चा इमान्दारिता दर्साएको छ।
प्रहरी सेवाकै क्रममा विभिन्न खालका चुनौतीपूर्ण कार्यसम्पादन गर्नुभएका एआइजी गुरूङले कार्यक्षेत्रमा पुर्याउनुभएको योगदानको कदरस्वरुप धेरैपटक नगदसहितका पुरस्कार तथा कदरपत्रद्वारा सम्मानित भइसक्नुभएको छ। प्रदेश प्रहरी कार्यालय गण्डकी प्रदेशबाट सरूवा भई अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा महाशाखा प्रमुखको जिम्मेवारीमा रहेर काम गर्नुभयो।
त्यतिबेला भ्रष्टाचार अनुसन्धान अधिकृतको रुपमा काम गर्नुका साथै आयोग र आयोगका विभिन्न कार्यालयहरुको सुरक्षा व्यवस्थापन र महाशाखाअन्तर्गतका प्रहरी कर्मचारीहरुको रेखदेख, नियन्त्रण र अनुगमनको जिम्मेवारी पनि कुशलतापूर्वक निर्वाह गर्नुभयो।
वि.सं.२०८१ कात्तिक २५ गते, प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति भएपछि हाल उहाँ प्रहरी प्रधान कार्यालयअन्तर्गत कार्य विभागको प्रमुखको रूपमा कार्यरत हुनुहुन्छ। कार्य विभागले मुलुकभर दैनिक शान्ति सुव्यवस्था कायम राख्ने, अपराध नियन्त्रण गर्ने, राजमार्ग सुरक्षा र ट्राफिक आवागमन नियमन तथा व्यवस्थापन गर्ने, विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन गर्ने, महत्त्वपूर्ण प्रतिष्ठानको सुरक्षा गर्ने र मेलापर्व तथा महोत्सवहरुमा सुरक्षा प्रदान गर्ने, आपतकालीन अवस्थामा खोजी तथा उद्धार गर्नेलगायतका कार्यमा उहाँको ध्यान केन्द्रित छ।
मुलुकको दैनिक सुरक्षा चुनौतीको अध्ययन र विश्लेषण गरी अपराध न्युनीकरण, प्रकोप व्यवस्थापन, सवारी दुर्घटना न्युनीकरण, आतङ्कवाद नियन्त्रणलगायतका योजना निर्माण गर्नुका साथै सरकारी तथा गैरसरकारी निकायहरुसँग समन्वय गरी योजना कार्यान्वयनको लागि प्रहरी सञ्चार प्रणालीको विकास र सुधारलाई २४सै घण्टा सञ्चालन गर्दै आउनुभएको छ। त्यसका लागि आवश्यक जनशक्ति र स्रोतसाधनहरुको प्रभावकारी परिचालन गर्ने काम पनि यसै विभागले गर्दै आएको छ।
नेपाल प्रहरीको तालिम सञ्चालन कार्यादेश–२०७९ को मस्यौदा तयार गर्ने कार्यसहित प्रहरी प्रशिक्षणको परम्परागत शैलीमा गुणात्मक सुधारको लागि लामो समयसम्म काम गर्दै तालिमका लागि आवश्यक पाठ्यक्रमको विकास र परिमार्जनमा समेत उहाँले अतुलनीय योगदान पुर्याउनुभएको छ।
सेवाकालमा विभिन्न पदमा रहँदा प्रहरी सङ्गठन र अन्य निकायले सञ्चालन गरेको रणनीतिक तथा व्यावसायिक तालिम लिइसक्नुभएका गुरूङले भारत, चीन, भियतनाम, बङ्गलादेश आदि मुलुकमा सञ्चालित तालिम तथा सेमिनारहरुमा पनि सहभागी हुनुभएको छ। यसअवधिमा सिङ्गापुर, मलेसिया, थाइल्यान्ड, सर्विया, मन्टेनिग्रो, मेसेडोनियालगायतका मुलुकको भ्रमणसमसेत गरिसक्नुभएको छ।
सन् २००२ मा संयुक्त राष्ट्र संघको शान्ति मिसन कोसोभोमा १ वर्ष, सन् २००८ मा संयुक्त राष्ट्र संघको शान्ति मिसन पूर्वी टिमोरमा १३ महिना र संयुक्त राष्ट्र संघको शान्ति मिसन डार्फर, सुडानमा १ वर्ष सेवा गरेर अन्तर्राष्ट्रियस्तरमा समेत शान्ति सुरक्षाका क्षेत्रमा उल्लेखनीय योगदान दिइसक्नुभएको छ।
आफ्नो जन्मभूमिप्रतिको जिम्मेवारी स्वीकार्दै गौरवका साथ पदीय जिम्मेवारी निर्वाह गर्ने सिलसिलामा सम्पादन गरिएका थुप्रै चुनौतीपूर्ण कार्यहरुको फेहरिस्त बताएर साध्य नहुने उहाँ सुनाउनुहुन्छ। कैयौं उपाय र प्रयास गर्दा पनि अनुसन्धानमा सफलता हासिल गर्न नसकेका कतिपय गम्भीर र जघन्य अपराधका घटनाहरु अझैसम्म पनि पीडाको विषय बनेको उहाँ बताउनुहुन्छ। ‘अहिले पनि कहिलेकाहीँ सपनामा ती घटनाहरुको अनुसन्धान गरिरहेको देख्छु,’ उहाँ भन्नुहुन्छ।
उहाँले आफ्नो नेतृत्वमा रहेका प्रहरी कर्मचारीहरुलाई जनमैत्री, निष्पक्ष, पारदर्शी र प्रभावकारी सेवा प्रदान गर्न, उनीहरुको क्षमता अभिवृद्धि गर्न विभिन्न प्रकारका तालिम, अनुगमन तथा सुधारका कृयाकलाप सञ्चालन गर्नुभयो। नेपाल प्रहरीको तालिम सञ्चालन कार्यादेश–२०७९ को मस्यौदा तयार गर्ने कार्यसहित प्रहरी प्रशिक्षणको परम्परागत शैलीमा गुणात्मक सुधारको लागि लामो समयसम्म काम गर्दै तालिमका लागि आवश्यक पाठ्यक्रमको विकास र परिमार्जनमा समेत उहाँले अतुलनीय योगदान पुर्याउनुभएको छ।
उहाँ युवाहरुलाई अधिकार खोज्नुभन्दा पहिले उक्त अधिकार प्राप्तीका लागि आफू पनि योग्य हुनुपर्ने बिचार राख्नुहुन्छ। कठिन परिश्रम, लगनशील र निष्ठाका साथ मनैदेखि रमाएर गरिने कुनै पनि पेसा, व्यवसाय सम्मानजनक हुने उहाँको बुझाइ छ। गहिरो अध्ययन तथा दक्षताको क्षेत्र पहिचान गरेर त्यसैमा निष्ठा र लगनशील भएर अविचलित तरिकाले काम गर्न सकेको अवस्थामा मात्र सफलता हासिल गर्न सकिने उहाँ बताउनु हुन्छ।
त्यसकारण हरेक युवाले सकारात्मक सोचबाट मात्रै सफलताको मार्ग पहिल्याउन सकिन्छ भन्ने कुरा बिर्सन नहुने उहाँको सुझाव छ। नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत कार्य विभागको प्रमुख भएर काम गरेको छोटो समयमै यसका कार्यप्रणालीमा रहेका सुधारका क्षेत्रहरुको पहिचान गरी सरल र प्रभावकारी कार्यप्रणालीको अध्ययन र विकास गर्ने कार्यको थालनीमा उहाँ व्यस्त हुनुहुन्छ।
प्रहरी सङ्गठनभित्र न्यायपूर्ण कार्य वातावरणको विकास गरी प्रहरी कर्मचारीको हौसला बढाउँदै सङ्गठनप्रति निष्ठावान, प्रतिबद्ध प्रहरी जनशक्तिको विकास र प्रभावकारी भौतिक स्रोतसाधनको व्यवस्थापन, तिनको विवेकसम्मत परिचालन नै प्रहरी सङ्गठनको आवश्यकता भएकोले सोही उपलब्धी हासिल गर्ने दिशामा केन्द्रित रहेको उहाँ बताउनु हुन्छ।
नोट : गुरूङ वर्ष पुस्तक–२०८१ (मुप्रि ल्हो) मा प्रकाशित सामग्री





