ब्यानर

‘…वंशु गुरुङ लगायत योद्धाको भूमिका’ विषयक निवन्ध प्रतियोगितामा अविना भइन् प्रथम

सिन्धुली । कमलामाई नगरपालिकाले आयोजना गरेको ‘सिन्धुलीगढी युद्ध र सिकारी सरदार वंशु गुरुङ लगायत वीर योद्धाहरुको भूमिका’ विषयक माध्यमिक विद्यालय स्तरीय निवन्ध लेखन प्रतियोगितामा कमला मावि ढुंग्रेबासकी अविना अधिकारी प्रथम भएकी छन् ।

आइतबार सिन्धुलीमाढीको गौमती माविमा भएको निवन्ध लेखन प्रतियोगितामा अधिकारी ३३ जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम भएकी हुन् । प्रथम थात्रा अधिकारीले १० हजार नगद र प्रमाणपत्र प्राप्त गरिन् ।

त्यस्तै, जनज्योति मावि फोस्रेटारका सनलराज ढकाल द्वित्तीय भए । उनले सात हजार नगद र पुरस्कार पाए । त्यस्तै सिद्धबाबा मावि पानीट्यांकीकी मिना विश्वकर्मा तृत्तीय हुँदै पाँच हजार र प्रमाणपत्र हात पार्न सफल भइन्

सान्त्वना पुरस्कार दुई जनाले प्राप्त गरेका छन् । जनता अंग्रेजी बोर्डिङ स्कूलकी शिवानी थापा र सूर्योदय अंग्रेजी बोर्डिङ स्कूलकी निकुञ्ज धमलाले सान्त्वना पुरस्कार जित्दै २ हजार नगद तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

पुरस्कृत छात्रछात्राहरुलाई सिन्धुलीगढी विजयोत्सवको अवसरमा सोमबार आयोजित समारोहमा प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले हस्तान्तरण गरे ।

सो पुरस्कार सिकारी सरदार वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठान शुक्लागण्डकी नगरपालिका १२ ढोर जस्पुरले आयोजना गरेको हो । सो पुरस्कार समारोहमा प्रतिष्ठानका अध्यक्ष लालजंग गुरुङ लगायत पदाधिकारीको सहभागिता थियो ।

नगरपालिका क्षेत्रका मावि स्तरका ३३ विद्यालयका ३३ जना सहभागी थिए ।