अमेरिका । गुरुङ सोसाइटी अफ न्यु ह्याम्सायरले अमेरिका भ्रमणमा रहेका तमू समाज युकेका संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक चित्रबहादुर गुरुङ, पूर्व उपाध्यक्ष बिजु गुरुङ तथा समाजसेवी जयन्ती गुरुङलगायतलाई भव्य स्वागत गरेको छ।
भ्रमण सफलको कामना गर्दै न्यु ह्याम्सायरमा स्वागत गरिएको गुरुङ सोसाइटीका अध्यक्ष विकास गुरुङले बताए। भ्रमणमा रहेका तमू समाजका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले पनि तमू समाज युकेले स्थापनादेखि हालसम्म समाजले सञ्चालन गरेका गतिविधिबारे जानकारी गराएका थिए।
उनले गुरुङ सोसाइटी अफ न्यु ह्याम्सायरको चौतर्फी विकासको लागि पाँच सय अमेरिकी डलरसमेत सहयोगस्वरुप प्रदान गरेका थिए।
यसअघि गुरुङ सोसाइटी अफ न्यु ह्याम्सायरका सल्लाहकार सोम गुरुङले संस्थाको विगत र वर्तमान अवस्थाबारे संक्षिप्त विवरण प्रस्तुत गरेका थिए। उक्त कार्यक्रममा समाजका सल्लाहकार, वर्तमान कार्यसमितिका सदस्य तथा विभिन्न क्षेत्रका आएका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।