कास्की । तमू धीँ नेपाल मादी गाँउपालिकाको अध्यक्षमा इन्द्रबहादुर गुरुङ चयन भएका छन्। मादी गाउँपालिकाको कार्यालयमा भएको भेला तथा भाषिक अधिकारसम्बन्धी अन्तर्क्रियाका क्रममा मादी–३, याङ्जाकोटका युवा समाजसेवी इन्द्रबहादुर गुरुङको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको हो।
उपाध्यक्षमा नारायण गुरुङ, चित्रबहादुर गुरुङ र अनुराधा गुरुङ, सचिवमा टीकाराम गुरुङ, सहसचिवमा हेमाकुमारी गुरुङ, कोषाध्यक्षमा क्याप्टेन प्रेमबहादुर गुरुङ र सहकोषाध्यक्षमा वेदबहादुर गुरुङलाई चयन गरिएको छ।
सदस्यहरु भने वडा नम्बर १ बाट ननसुब्बा गुरुङ र दिलमाया गुरुङ, वडा नम्बर २ बाट सकुन्तला गुरुङ, वडा नम्बर ३ बाट सविना गुरुङ र खरमाया गुरुङ, वडा नम्बर ५ बाट नरबहादुर गुरुङ र किरन गुरुङ, वडा नम्बर ९ बाट विष्णुभक्त गुरुङ, वडा नम्बर ११ बाट रिदान गुरुङ र वडा नम्बर १२ बाट शोभा गुरुङ चयन भएका छन्।
मोतिप्रसाद गुरुङ र चन्द्रबहादुर गुरुङलाई भने सल्लाहकारमा चयन गरिएको छ।
नयाँ कार्यसमितिलाई तमू धीँ नेपालका अध्यक्ष हुमबहादुर गुरुङले पद तथा गोपनीयताको सपथग्रहण गराएका थिए। मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङ, उपाध्यक्ष कल्पना गुरुङलागायतले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरुलाई फेटा, भाङ्रा, खादा, टीका लगाइदिएर बधाई ज्ञापन गरे।
गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङले तमू समुदायको अधिक बसोबास रहेको मादीका तमूहरुको पहिचान, हित र अधिकार प्रयोगको लागि पालिका कृयाशील रहेको दाबी गरे। तमूहरुको महत्त्वपूर्ण कार्यक्रमले मादीका सबै तमूलगायत समग्र पालिकालाई नै उत्साहित बनाएको उनले बताए। आगामी दिनमा थप सहकार्य गरी काम गर्न सकिन् आश्वासनसमेत दिए।
गाउँपालिकाकी उपाध्यक्ष कल्पना गुरुङले तमूहरुको एकता तथा सामुदायिक हितमा पालिकाको नीति तथा कार्यक्रम र सर्वोपरी हितका लागि पालिका र आफू सधैँ सहयोगी बनेर काम गर्न तयार रहेको बताइन्।