ब्यानर

सगरमाथा आरोही टीकाराम गुरूङद्वारा एनएमएको अध्यक्षमा उम्मेदवारी

काठमाडौँ । नेपाल पर्वतारोहण संघ (एनएमए)को आसन्न निर्वाचनको लागि नेतृत्वमा पुग्ने होड चुलिएको छ। आगामी नेतृत्वको लागि सगरमाथा आरोहीसमेत रहेका संघका पूर्वसचिव टीकाराम गुरुङले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।

उनले आफ्नो अभियान, अनुभव र नेतृत्व क्षमता प्रयोग गरेर संघलाई थप सशक्त र दिगो बनाउने अठोटसहित अध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका छन्। उनी सगरमाथाको चुचुरोमा तमू एकताको झण्डा फहराउने व्यक्ति हुन्। पर्वतीय पर्यटन व्यवसायमा लामो अनुभव संगालेका गुरूङले आगामी भदौ ७ गते हुने अधिवेशनका क्रममा आफूलाई मतदाताले नजिकबाट चिन्ने र सही मूल्याङ्कन गर्ने दाबी गरेका छन्।

उनीसँगै संघको नेतृत्व सम्हाल्नको लागि अन्य तीन जना पर्यटन व्यवसायीले समेत उम्मेदवारी घोषणा गरेका छन्। वर्तमान वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डे, पूर्वमहासचिव कुलबहादुर गुरूङ र वरिष्ठ पर्यटन व्यवसायी फुर गेल्जे शेर्पाले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।