गीत–संगीत

गरिमा तमूस्यो(गुरुङ) “मिस टुरिज्म वर्ल्ड २०२५” को लागि इन्डोनेसिया बाली जाँदै

काठमाडौँ  : नेपाल प्रहरी क्लब, काठमाडौंमा आर.के इन्टरटेनमेन्ट ग्रुप द्वारा आयोजित “मिस ग्राण्ड नेपाल २०२५” सोन्दर्य प्रतियोगितामा बेलबारी, मोरङकी चेली “गरिमा लेम तमूस्यो(गुरुङ)” ले फाइनलमा आफ्नु उत्कृस्ट प्रतिभा र योग्यता देखाएर “मिस ग्रान्ड टुरिजम वर्ल्ड नेपाल २०२५” को उपाधि जित्न हासिल गरेको छ। उनीले ताज मात्रै न जितेर “बाली, इन्डोनेशिया” मा अगस्त २५ – २९ गते हुन गई रहेको “मिस वर्ल्ड टुरिजम २०२५” मा नेपाल लाई प्रतिनिधित्व गर्ने अवसर पनि जितेकी छिन्।
समाज र राष्ट्र दुवैमा योगदान दिने चाहना राख्ने गरिमा तमूस्योले, फाइनलको Q & A राउण्डमा आफ्नु उत्कृस्ट प्रदर्शन दिएका थिए। सुन्दरतासँगै आत्मविश्वास, सामाजिक उत्तरदायित्व, प्रतिभा, र जनताले दिएको VOTE आधारमा प्रतिस्पर्धीहरूको मूल्याङ्कन गरेका थिए।
निर्णायक मण्डलले फरक फरक विधामा चार जना उत्कृस्ट विजेताहरूलाई उपाधि दिएका छन्। चार प्रमुख उपाधि विजेताहरू:

१. चाहाना प्रधान – मिस ग्राण्ड नेपाल २०२५
२. गरिमा गुरुङ – मिस टुरिजम वर्ल्ड नेपाल २०२५
३. स्नेहा केसी – मिस सुपरा ग्लोबल नेपाल २०२५
४. सञ्जना गुरुङ – मिस ग्राण्ड युनिभर्स नेपाल २०२५

चारै विजेताहरूले सौन्दर्यको ताज संगै अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पनि पाएका छन् । उनीहरू आगामी वर्ष २०२५ र २०२६ मा हुने विभिन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने छन्। मुख्य बिजेताले इ.वि स्कूटर र चारै विजेताहरूले नगद पुरस्कार, आकर्षक गिफ्ट ह्याम्पर, साथै नेपाली चलचित्र क्षेत्रमा अभिनय गर्ने अवसर समेत प्राप्त गरेका छन्।
कार्यक्रम भव्य शैलीमा सञ्चालन गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि नेपालका प्रथम उपराष्ट्रपति माननीय परमानन्द झा हुनुहुन्थ्यो। अध्यक्ष राजु श्रेष्ठ लगायत विभिन्न क्षेत्रका धेरै प्रतिष्ठित व्यक्तित्वहरू, सञ्चारकर्मीहरू, फेसन डिजाइनरहरू, कलाकारहरू र सौन्दर्य तथा सामाजिक क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू पनि उपस्थित थिए।
अन्तमा, “मिस ग्रान्ड नेपाल” एक फरक प्रकारको सौन्दर्य प्रतियोगिता हो। यो नेपालको समृद्ध सांस्कृतिक पहिचान, पर्यटन प्रवर्द्धन र महिला सशक्तिकरणको लागि पनि एक प्लेटफर्म हो।