ब्यानर

तमू सञ्चारकर्मी गीता गुरूङ सम्मानित

चितवन । इनर ह्वील क्लब अफ भरतपुर सिटी र इनर ह्वील क्लब अफ भरतपुर डिभाइनले सञ्चारिका समूह चितवनकी अध्यक्षसमेत रहेकी तमू सञ्चारकर्मी संघ चितवनकी सहसचिव गीता गुरूङलाई सम्मान गरेको छ।

आइतबार दुवै क्लबको संयुक्त पद हस्तान्तरण कार्यक्रमका क्रममा कालिका एफएममा कार्यरत पत्रकार गुरुङलाई सम्मान गरिएको हो। लामो समयदेखि क्लबको गतिविधिलाई सञ्चार जगतमार्फ प्रचारप्रसारमा योगदान दिँदै आएको भन्दै पत्रकार गुरूङलाई सम्मान गरिएको आयोजकले जनाएको छ।

सम्मान ग्रहणपछि पत्रकार गुरुङले पत्रकारिता क्षेत्रमा अझै जिम्मेवारी थप भएको बताइन्। ‘यस किसिमको सम्मानले आगामी दिनमा उत्साहका साथ काम गर्ने जोस र जाँगर आउने छ,’ उनले भनिन्। आगामी दिनमा पनि क्लबसँग सहकार्य गरेर अगाडि बढ्ने उनले बताइन्।

सोही कार्यक्रममा सामाजिक व्यक्तित्व प्रभात सापकोटा, एसइईमा उत्कृष्ट अङ्क ल्याउने क्लबका सदस्यका छोराछोरीहरुलाई पनि कदरपत्रसहित सम्मान गरिएको थियो।