गुरुङ विशेष

तमू धीँ नेपाल कास्कीको अध्यक्षमा प्रेमबहादुर

कास्की । तमू धीँ नेपालको कास्की जिल्ला अध्यक्षमा प्रेमबहादुर गुरूङ चयन भएका छन्। पोखरामा सम्पन्न भेलाले मिरुवा तमु सम्मजका निवर्तमान अध्यक्षसमेत रहेका प्रेमबहादुर गुरुङको अध्यक्षतामा २३ सदस्यीय समिती सर्वसम्मत चयन गरिएको हो।

समितिको प्रथम उपाध्यक्षमा जनकल्याण तमू समाजका यज्ञप्रसाद गुरुङ, द्वितीय उपाध्यक्षमा चिउली पाचे तमू समाजकी लक्ष्मी गुरुङ, सचिवमा नादा तमू समाजकी रेशु गुरुङ, सहसचिवमा फिर्के तमू समाजकी कृष्णमाया गुरुङ, कोषाध्यक्षमा घाचोक लाम्छाने तमू समाजकी रामकुमारी गुरुङ, सहकोषाध्यक्षमा शान्तिरुपा तमू समाजकी हुमाया गुरुङ चयन भएका छन्।

सदस्यहरुमा विजय गुरुङ, थममाया गुरुङ, सोम गुरुङ, डमरबहादुर गुरुङ, रेखमान गुरुङ, प्यारी गुरुङ, गिरेन्द्र गुरुङ, राजु गुरुङ, जितबहादुर गुरुङ, गोपीमान गुरुङ, रक्षे गुरुङ, हिमाली गुरुङ, उषा गुरुङ, कृष्णकुमारी गुरुङ, रोशनी गुरुङ, ओमप्रसाद गुरुङ छन।

सल्लाहकारहरुमा कृष्णबहादुर गुरुङ, चम्पासिंह गुरुङ, टिकाबहादुर गुरुङ, वेलबहादुर गुरुङ, क्याप्टेन मन्त्रीजङ्ग गुरुङ चयन भएका छन्। नवनिर्वाचित कार्यसमितिलाई तमू धीँ नेपालका अध्यक्ष हुमबहादुर गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए।

नवनिर्वाचित अध्यक्ष प्रेमबहादुर गुरुङले कास्केली गुरुङहरुलाई गोलबन्द गराउन कृयाशील रहने प्रतिबद्दता जनाए।