काठमाडौँ : तमू बौद्ध सेवा समिती ले मुटु रोगको निशुल्क शिविर सम्पन्न गरेको छ । काठमाडौमा अवस्थित तमू बौद्ध सेवा समिती नेपालले आफ्ना सदस्य तथा सम्पुर्ण सेवाग्राहि हरु का लागि एक दिने शिविर सन्चालन गरेको हो ।तमू बौद्द सेवा समिती र डियर हेल्थ ट्रस्ट क्लिनिकको सहकार्यमा आज शनिबार २०८२ जेष्ठ ३१ गते शिविर सन्चालन गरेको हो ।मुटु सम्बन्दी निशुल्क हेल्थ चेकअप क्याम्प सन्चालन गरेको यो पहिलो पटक हो ।
मुटु सम्बन्धि ई।सि।जी , इको, ओपिडी,सुगरको चेक गरेको थियो । सिनियर मुटु रोग विशेषग डा.स्मृति शाक्य को नेतृत्व मा खटिएका ७ जना डाक्टर हरु र ७ जना प्राविधिकहरु गरि १४ जना को टोलिले चेकजाँच गरेका थिए ।विशेष उपकरण बाट इको,इसिजी परिक्षण गरेको तमू बौद्ध सेवा समिती का स्वास्थ सम्योजक राजु गुरुङले जानकारी दिनुभयो ।
तमू बौद्ध सेवा समिति काठमाडौमा अवस्थित पुरानो सामाजिक सस्था हो । यस्ले हरेक वर्ष शिक्षा मा छात्रवृत्ति ,स्वस्थ्य ,धार्मिक लगाएत मानविय सेवाहरु गर्दै आइरहेको छ र आज स्वस्थ्य समन्धी निशुल्क शिविर सन्चालन गरेको मा १३० जना ले परिक्षण गरेको तमु बौद्ध सेवा समिती नेपालका अध्यक्ष क्या.नारायण बहादुर गुरुङ ले बताए ।
शिविर डियर हेल्थ ट्रस्ट को आफ्नै क्लिनिक शामाखुशी काठमाडौमा सन्चालन गरेको थियो ।शिविरमा आवश्यक्ता अनुसार निशुल्क औसधि बितरण गरेको थियो ।