काठमाडौं,१३ जेठ : तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको अध्यक्षमा धनमान गुरुङ निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी रन बहादुर गुरङलाई पराजित गर्दै उहाँ अध्यक्षम निर्वाचित हुनुभएको हो । अध्यक्ष पदमा धनमान गुरुङ २४५ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी रनबहादुर (आर. बी. गुरुङले १३८ मत प्राप्त गर्नुभयो।
वरिष्ठ उपाध्यक्षमा डम्बर बहादुर गुरुङ १८४ मत ल्याएर विजयी हुनुभएको छ। यसैबिच यस अघिनै महासचिवमा अधिवक्ता राजु गुरुङ सर्वसम्मत निर्वाचित हुनुभएको छ । काठमाडौँमा जेठ १०, ११ र १२ गते सम्पन्न अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको छ।
उपाध्यक्ष ( १ महिलासहित) पदमा निम्न उम्मेदवारहरू विजयी हुनुभएको छ:
श्रीप्रसाद गुरुङ (२५४ मत)
नरबहादुर गुरुङ (२२७ मत)
डी.बी. (दिल) गुरुङ (२२७ मत)
मनोज गुरुङ (२१७ मत)
विमला गुरुङ (३०१ मत)
केशरमान गुरुङ (२०८ मत)
देवकुमारी गुरुङ (निर्विरोध)
महासचिवदेखि सचिवालय सदस्यसम्मका विजयी उम्मेदवारहरू यसप्रकार छन्:
महासचिव: अधिवक्ता राजु गुरुङ (निर्विरोध)
सहमहासचिव: गोपाल गुरुङ (निर्विरोध)
उपमहासचिव: विष्णुमाया गुरुङ (निर्विरोध)
सचिव (१ महिलासहित):
कमला गुरुङ (महिला) – निर्विरोध
मिलन कुमार गुरुङ (२०३ मत)
लोकबहादुर गुरुङ (१८१ मत)
पूर्णबहादुर गुरुङ (२०५ मत)
कोषाध्यक्ष: इञ्जिनियर गंगाबहादुर गुरुङ (निर्विरोध)
सह–कोषाध्यक्ष: टिकाराम गुरुङ (निर्विरोध)
प्रदेश प्रमुखहरू:
प्र.१: आनन्द गुरुङ
प्र.२: एकबहादुर गुरुङ
प्र.३: विमला देवी गुरुङ
प्र.४: जितबहादुर गुरुङ
प्र.५: झपटबहादुर गुरुङ
(उपरोक्त सबै निर्विरोध निर्वाचित)
काठमाण्डौ उपत्यका प्रमुख: धर्मराज (राजु) गुरुङ (निर्विरोध)
सचिवालय सदस्यहरू:
निर्मला गुरुङ (निर्विरोध)
रंगबहादुर गुरुङ (निर्विरोध)
केन्द्रीय सदस्य (खुला) पदमा निर्वाचित:
तुलाराम गुरुङ, धिरज गुरुङ, बलिमान गुरुङ, एम. वि. लामा गुरुङ, झमकराज गुरुङ, मानकाजी गुरुङ, मित्रकुमार गुरुङ, राजेन्द्रबहादुर गुरुङ, पेमा गुरुङ, प्रजनबहादुर गुरुङ, इमानसिंह गुरुङ, रामबहादुर (अक्कल विराही) गुरुङ, जगबहादुर गुरुङ, धनबहादुर गुरुङ, महेन्द्रकुमार गुरुङ, मोहनबहादुर गुरुङ, शम्भु गुरुङ, गंगा गुरुङ — (सबै निर्विरोध)
अनुशासन ७ का तमु संघ/संस्थाबाट निर्वाचित केन्द्रीय सदस्यहरू:
खेमकुमार गुरुङ
सरला घले
कृष्णराज (कुमार) गुरुङ
डम्बरबहादुर गुरुङ
टिकाराम गुरुङ
(सबै निर्विरोध)
धार्मिक संस्था प्रतिनिधि (तमु बौद्ध):
रविन गुरुङ (निर्विरोध)
तमूवान विशेष क्षेत्र प्रतिनिधिहरू:
यमु गुरुङ
जगतकाजी गुरुङ
धनप्रसाद गुरुङ
नरबहादुर गुरुङ
रुपबहादुर गुरुङ
(सबै निर्विरोध)
आरक्षित महिला कोटा अन्तर्गत निर्वाचित सदस्यहरू:
शर्मिला गुरुङ
टिचन गुरुङ
आशा गुरुङ
दिलमाया गुरुङ
(सबै निर्विरोध)
निर्वाचन समिति:
संयोजक: आई बहादुर गुरुङ
सदस्य: सन्तोषबहादुर गुरुङ, शारदा गुरुङ