लंडन : तमु समाज युके (रजिस्टर च्यारीटी नम्बर ११५०० ९७ ) को १८औं वार्षिक साधारणसभा यही ३१ मे मा हुने भएको छ ।ह्लंडनको वेम्बलीस्थित तमु समाज युकेको (समाज घर) कम्युनिटी सेन्टरमा शनिबार मे ३१ का दिन साधारणसभा तय भएको समाजका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले जानकारी दिए ।
तमु समाज युकेको १८औं वार्षिक साधारणसभा मिति ३१ मे २०२५, शनिबारको दिन हुने साधारणसभामा उपस्थित भई तमु जातिको संस्कार, संस्कृति, भाषा, भेषभुषाको र सामाजिक क्षेत्रमा तमु समाज यु के खेल्नु पूर्ने भूमिकाको विषयमा समाज लाई आफ्नो महत्वपूर्ण राय, सल्लाह, सुझाबहरु दिएर सहयोग गरि बैठकलाई भव्य र सभ्य तरिकाले सफल पारिदिनुहुन संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले आग्रह गरेका छन् ।
तमु समाज युकेका अध्यक्ष, पदाधिकारीहरु, सम्पूर्ण ट्रस्टीहरू, क्षेत्रीय प्रतिनिधिहरु, सम्पूर्ण सल्लाहकारहरु, आमा समूहकी अध्यक्ष, आमा समूहकी को पूर्व अध्यक्ष तथा सम्पूर्ण आमा दिदी–बहिनीहरु, युवा समूहका अध्यक्षलगायत सम्पूर्ण युवा समूह, सम्पूर्ण आजीवन सदस्यहरु तथा शुभचिन्तकहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।