गुरुङ विशेष

मोएय थाइ खेलमा संगमको अर्को जीत

लण्डन  :  बेलायत निवासी संगम तमू गुरुङ मोएय थाइ खेलमा विजय भएका छन् । शनिबार Birmingham leisure centre uk मा भएको खेलमा प्रतिद्वन्द्वी Tam Lancaster लाई हराउँदै संगमले जीत हासिल गरेका हुन्।

यो खेल थाइल्यान्डबाट शुरु भइ हाल संसारभरका युवामाझ निकै लोकप्रिय छ। यो खेल किक बोक्सिङ खेल जस्तै हो, हातखुट्टा दुबैले हान्नु र रोक्नु पाँउछ, निकै खतरनाक मानिन्छ। हाल सम्म १३ वटा खेलमा ९ पटक विजेता बनेका छन् भने ४ मा हार बेहोरेका छन् । लण्डनको क्लब स्तरीय खेल खेल्दै आएका संगम द नओस्ले एकाडेमी क्लवमा आवद्ध छन्।

स्याङ्जा जिल्ला फेदिखोला गाउँपालिका देउराली स्थायी घर भएका शिवचन्द्र गुरुङ र मीरा गुरुङका जेठो छोरा हुन् संगम। यो खेल खेल्नुमा बाबा शिवचन्द्र र आमा मीरा गुरुङले सधैं साथ दिँदै आइरहेका छन् ।
संगमले निकै मिहेनत गरेको र सधै खेल खेल्दा बाजे बजै बाबा आमा परिवारको साथ सपोर्ट पाएकाले यहाँ सम्म सफलता लिएको बताए । उनले आफ्नो शुभचिन्तक हरु लाई धन्यवाद व्यक्त गरे ।