ब्यानर

तमू ह्युल छोंज धिँ गुरुङ राष्टिय परिषदको महाधिवेन : नेतृत्वमा को ?

काठमाडौं । तमू ह्युल छोंज धिँ गुरुङ राष्टिय परिषदको पाँचौ राष्टिय महाधिवेसन काठमाडौंमा सुरु भएको छ ।

गणतन्त्र, संघियता, धर्मनिरपेक्षता, समावेशिता प्रति हाम्रो साझा प्रतिवद्धता, तमू ह्युलको पहिचान मौलिक थातथलो नामको पुर्नस्थापना र अमौखिक सांस्कृतिक सम्पदाको संरक्षणको लागि पाँचौ राष्ट्रिय महाधिवेशन भन्ने मूल नाराका साथ सुरु भएको महाधिवेसनमा ७ सय प्रतिनिधिको सहभागिता छ ।

महाधिवेसनको उद्घाटन प्रतिनिधिसभा सभापति देवराज घिमिरेले उद्घाटन गरे । आफ्नो समुदायको भाषा, संस्कृति, परम्परा र रीतिरिवाज संरक्षण गर्दै आफ्नो अधिकारका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा प्रशंसा गर्दै प्रमुख अतिथि घिमिरेले जाति, भाषा, संस्कृतिको रक्षाले नै देश समृद्ध बन्ने बताए ।

उद्घाटन समारोहमा विभिन्न दल तथा संघसंस्थाका नेताहरुले शुभकामना दिएका थिए ।

भोलि जेठ ११ र १२ गते बिजी बैंक्वेट गोंगबुमा बन्दसत्र हुनेछ । बन्दसत्रकै क्रममा नेतृत्व चयन हुनेछ ।

नेतृत्वका लागि वर्तमान अध्यक्ष कर्णबहादुर गुरुङले नदोहोर्याउने बताइसकेका छन् । अबको नेतृत्व को हुने भन्नेमा अहिले निकै पेचिलो बनेको छ ।

विगतदेखि नै पार्टीगत भागवण्डामा नेतृत्व टुंग्याउने गरेको छ । कांग्रेस समर्थकले अध्यक्ष पाउँदा एमाले समर्थकले महासचिव पद पाउने गरेका छन् । त्यस्तै माओवादी लगायतका दलहरुलाई अन्य पदमा सहभागी गराउने गरिएको छ ।

निरन्तर रेशम गुरुङले दुईपटक र कर्णबहादुरले एकपटक गरी कांग्रेस समर्थकले तीनपटक नेतृत्व गरिसकेकाले यसपटक एमाले समर्थकलाई नेतृत्व दिने तयारी छ । तर, माओवादी समर्थकहरुले पनि अध्यक्षमा दावी गरिरहेका छन् ।

अध्यक्षका लागि धनमान गुरुङ, गोपाल गुरुङ, आरवी गुरुङ, लक्ष्मण गुरुङको चर्चा छ । त्यस्तै महासचिवमा राजु गुरुङ, दिल गुरुङ, मनोज गुरुङ, जिएस गुरुङ लगायतको चर्चा छ ।

अध्यक्षमा कांग्रेस र एमालेबीच सहमति भए पनि माओवादीले समर्थन दिनेमा शंका छन् । त्यसैले निर्वाचन हुने सम्भावना उत्तिकै छ ।