गुरुङ विशेष

तमू ह्युला छोंज धींको केन्द्रिय महाधिवेशन काठमाडौँमा सुरु

काठमाडौँ ,१० जेठ :  तमू ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को पाचौं राष्ट्रिय महाधिवेसन काठमाडौँमा सुरु भएको छ । प्रमुख अतिथि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले महाधिवेशनको समुद्घाटन गर्नुभएको हो ।
गुरुङ समुदायका खेगिहरु प्हच्यु,क्ह्याब्रे,बोन्पो लामा,लामाहरुद्वारा मन्त्रोचरण गर्दै महाधिवशेनको शुरु गरिएको हो । समुद्घाटन समारोहलाई सम्बोधन गर्नुहुदैँ सभामुख घिमिरेले देशमा राजनितिक अस्थिरताको फाइदा उठाउँदै विभिन्न तत्वहरुले जनतामा निरासा पैदा गराउने काम भइरहेको र जाति–जाति संस्कार संस्कृतिबिच वेमेल पैदा गराउन सक्रिय देखिएकाले त्यस्ता तत्वहरुबाट जोगिएर समावेशी विकास गर्ने सामाजिक रुपान्तरणको यात्रामा एक भएर समाज अनि देशको उदेश्य प्राप्तिका लागी अघि बढ्नुपर्ने बताउँनुभयो । विविधताभित्रको एकता अहिलेको राष्ट्रको मेरुदण्ड रहेको बताउनुहुँदै सभामुख घिमिरेले यसलाइ अझ बलियो बनाउन तमू ह्युला जस्तो जातिय संस्थाहरुको भुमिका अझ सशक्त हुनुपर्ने बताउनुभयो ।


उद्घाटन समारोहको समापन सत्रमा बोल्नहुदैँ तमू ह्युलाका अध्यक्ष कर्ण बहादुर गुरुङले राज्यको विभिन्न निकायमा गुरुङ समुदायको सहभागिता बढ्दै जानुपर्नेमा घट्दै गएको भन्दै दुख व्यक्त गर्नुभयो । तमू ह्युला विशुद्ध गुरुङहरुको संस्था भएकाले अब आउने नेतृत्वले गुरुङ समुदायको राजनितिक आर्थिक सामाजिक श्रीबद्धिमा महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले सम्पूर्ण गुरुङ समुदायहरु एक भएर मजबुत तमू ह्युला निर्माण हुनेमा पनि विश्वास व्यक्त गर्नुभयो ।


गुरुङ संस्कृति झल्काउने विविध सांस्कृतिक झाँकीसहित शुरु भएको उद्घाटन समारोहमा गुरुङ समुदायको छाता संगठन तमू ह्युलाको महाधिवेशनमा भाग लिन नेपालभरका ४७ जिल्लाहरुबाट करीब ७ सय प्रतिनिधिहरु सहभागि हुनुहुन्छ । पाचौं राष्ट्रिय महाधिवेशनले गुरुङहरुको हकहितमा काम गर्ने नेतृत्व चयन गर्न सफल होस् भन्ने कामना कार्यक्रमका वक्ताहरुले राख्नुभएको थियो ।
तमू ह्युलाका अध्यक्ष कर्ण बहादुर गुरुङको अध्यक्षतामा समु्घाटन कार्यक्रम सम्पन्न भएको हो । समुद्घाटन कार्यक्रममा गुरुङ समुदायका विभिन्न प्रबुद्ध व्यक्तित्वहरुको उपस्थिति रहनुभएको थियो ।