गुरुङ विशेष

टु क्ल्हेप्री तमू ह्युल नेपालको अध्यक्षमा तुलाराम गुरुङ निर्वाचित

कास्की । गुरुङ समुदायको एक थर टु क्ल्हेप्री तमूहरुको संस्था टु क्ल्हेप्री तमू ह्युल नेपालको केन्द्रीय अध्यक्षमा चितवनमा तुलाराम टु क्ल्हेप्री गुरुङ निर्वाचित भएको छ । संस्थाको शनिबार कास्कीको धम्पुसमा सम्पन्न आठौं वार्षिक साधारण तथा तेस्रो महाधिवेशनले अध्यक्षमा गुरुङलाई निर्वाचित गरेको हो ।

महाधिवेशनले गुरुङको अध्यक्षतामा १७ सदस्यीय नयाँ केन्द्रीय समिति निर्वाचित गरेको छ । संस्थाको नवनिर्वाचित पदाधिकारीहरुमा प्रथम उपाध्यक्ष देव टु क्ल्हेप्री गुरुङ, द्वितीय उपाध्यक्ष प्रताप सिं टु क्ल्हेप्री गुरुङ, तृतीय उपाध्यक्ष बिष्णु टु क्ल्हेप्री गुरुङ, महासचिव बम बहादुर टु क्ल्हेप्री गुरुङ, सचिव तेज टु क्ल्हेप्री गुरुङ, कोषध्यक्ष तिलप्रसाद टु क्ल्हेप्री गुरुङ र सह–कोषध्यक्ष प्रेमबहादुर टु क्ल्हेप्री गुरुङ रहेका छन् ।

यस्तै सदस्यहरुमा एक बहादुर टु क्ल्हेप्री गुरुङ, दुर्गा टु क्ल्हेप्री गुरुङ, डम्मर टु क्ल्हेप्री गुरुङ, भिम बहादुर टु क्ल्हेप्री गुरुङ, गंगा टु क्ल्हेप्री गुरुङ, रेनु टु क्ल्हेप्री गुरुङ, दिपक टु क्ल्हेप्री गुरुङ, रुम बहादुर टु क्ल्हेप्री गुरुङ लगायत निर्वाचित भएका छन् ।