तनहुँ । देवघाट (तमू) गुरूङ समाजको अध्यक्षमा नरबहादुर गुरूङ चयन भएका छन्। गत शनिबार देवघाट गाउँपालिकाको सिटिहलमा प्रारम्भिक भेला आयोजना गरी नरबहादुर गुरूङको नेतृत्वमा १३ सदस्यीय तदर्थ समिति गठन गरिएको हो।
समितिको उपाध्यक्षमा नरिमाया गुरूङ, कोषाध्यक्षमा रविन्द्र गुरूङ, सचिवमा डिलबहादुर गुरूङ, सहसचिवमा करिष्मा गुरूङ चयन भएका छन्। यस्तै सदस्यहरूमा भने पदमबहादुर गुरूङ, तुलाराम गुरूङ, तिलबहादुर गुरूङ, एकमाया गुरूङ, सुकुलाल गुरूङ, दुर्गालाल गुरूङ, शुष्मा गुरूङ र नवराज गुरूङ चयन भएका छन्।
सल्लाहकार समितिमा भने देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवनसिं गुरूङको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ। जसमा प्रेमबहादुर गुरूङ, यालबहादुर गुरूङ, भक्तबहादुर गुरूङ, पदमबहादुर गुरूङ, यमबहादुर गुरूङ, कमला गुरूङ र याममाया गुरूङ चयन भएका छन्।
उक्त भेलामा देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवनसिं गुरूङले गाउँपालिकाकाभित्र जनसङ्ख्याको हिसाबमा दोस्रो स्थानमा रहेको (तमू) गुरूङहरू टुक्रे समाजमा आफ्नै तरिकाले अगाडि बढिरहेको अवस्थामा अब बल्ल एकताको सूत्रमा बाँधिएको बताए।