गुरुङ विशेष

तमू ह्युलको राप्तीमा लेखबहादुर तमू चयन

तीन सदस्य पछि मनोनित गर्ने गरी हाललाई १४ सदस्यीय समिति गठन

चितवन । तमू ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद चितवनले सङ्गठन विस्तार गर्ने क्रममा पूर्वी चितवनको राप्ती नगर समिति गठन गरेको छ। समितिको अध्यक्षमा लेखबहादुर गुरूङ चयन भएका छन्। तीन वर्षे कार्यकालको लागि गठित समितिको उपाध्यक्षमा नन्दप्रसाद गुरूङ, सचिवमा निरज गुरूङ, सङ्गठन सचिवमा कल्पना गुरूङ, प्रचार सचिवमा धनकुमारी गुरूङ, कोषाध्यक्षमा चन्दा गुरूङ र सहकोषाध्यक्षमा गौमाया गुरूङलाई चयन गरिएको तमू ह्युल छोंज धीं चितवनका सचिव किशोर गुरूङले जानकारी दिए।

सदस्यहरुमा भने मगराज गुरूङ, गजमाया गुरूङ, सीता गुरूङ, चिजमाया गुरूङ, खेम गुरूङ, जिना गुरूङ र वेलमाया गुरूङ चयन भएका छन्। जिल्ला सचिव किशोर गुरूङका अनुसार तीन सदस्य पछि मनोनित गर्ने गरी हाललाई १४ सदस्यीय कार्यसमिति गठन गरिएको हो।

संगठन विस्तारका क्रममा तमू ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद् चितवनकी अध्यक्ष विमलादेवी गुरूङको नेतृत्वमा सचिव किशोर गुरूङ, सङ्गठन सचिव मीना गुरूङ र तमूस्यो ह्युल छोंज धीं गुरूङ महिला राष्ट्रिय परिषद, वागमती प्रदेश समितिकी उपाध्यक्ष हरिमाया गुरूङलगायतको टोली राप्ती पुगेको थियो।