गुरुङ विशेष

भव्यरुपमा तमूहरुले मनाए ल्होछार

काठमाडौं । सप्री ल्होको स्वागत गर्दै विश्वभरका तमूहरुले तमू ल्होछार मनाएका छन् ।

पुस १५ का दिन तमूहरुले स्योकैं खाँदै शुभकामना आदानप्रदान गरी ल्होछार मनाएका हुन् ।

काठमाडौंको टुँडिखेलमा तमू ल्होछार मूल आयोजक समितिले ल्होछार महोत्सव नै आयोजना गरे । तीन दिनसम्म चलेको महोत्सव सोमबार औपचारिक कार्यक्रम गरी समापन गरे ।

विगतमा राष्ट्र प्रमुख र सरकार प्रमुखको प्रमुख आतिथ्यतामा हुने ल्होछार कार्यक्रमको मूल समारोह यसपटक भने उपप्रधानमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा विभिन्न दलका नेताहरुले सम्बोधन गरे ।

कार्यक्रममा काठमाडौंमा स्थापित विभिन्न संस्थाहरुले झाँकी प्रस्तुत गरे भने कलाकारहरुले सांगीतिक कार्यक्रममा मार्फत भरपूर मनोरञ्जन दिलाए ।

त्यसैगरी, पोखरा, बुटवल, चितवन लगायत देशैभर विभिन्न कार्यक्रमहरुको आयोजना गरी ल्होछार मनाइएको छ ।