चितवन । तमू (गुरूङ) सञ्चारकर्मी संघ नेपालका अध्यक्ष लाला गुरूङ लण्डन पुगेका छन् । तमू समाज युकेको निमन्त्रणामा ल्होसार कार्यक्रममा सहभागी हुनका लागि शुक्रबार लण्डन पुगेका हुन्। तमू समाज युके को आयोजनमा हुन गइरहेको शुभकामना अदान-प्रदान तथा सांकृतिक कार्यक्रमको लागि उनी लण्डन पुगेका हुन्।
उनलाई तमू समाज युकेका अध्यक्ष विन्दु गुरुङ घले, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, पूर्वअध्यक्ष शिवचन्द्र गुरुङ, आमा टोलीका अध्यक्ष विमला घले गुरुङ, सल्लाहकार लेख गुरुङ, आशिक गुरुङलगायतका व्यक्तिहरुले विमानस्थलमै भव्य स्वागत गरेका थिए।
तमू समाज युकेले आउँदो जनवरी ४ तारिखका दिन भव्य कार्यक्रम आयोजना गरेर तमू ल्होसार मनाउने तयारी गरिरहेको छ। तमू सञ्चारकर्मी संघ नेपालकी उपाध्यक्ष खीमा गुरूङलाई कार्यवहाक अध्यक्षको जिम्मेवारी सुम्पिँदै अध्यक्ष लाला लण्डन पुगेका हुन्। उनी लण्डनमा केही कार्यक्रममा सहभागी भएर स्वदेश फर्किने छन्।