ब्यानर

तमू विद्यार्थी छोंज धींद्वारा चितवन जिल्ला शाखा सम्मानित

चितवन । नेपाल तमू विद्यार्थी छोंज धीं चितवन तनहुँको दमौलीमा सम्मानित भएको छ। छोंज धीं केन्द्रीय समितिको १२औँ महाधिवेशनका क्रममा चितवन जिल्लालाई उत्कृष्ट जिल्लाको रूपमा सम्मान प्रदान गरेको हो। सरकारका सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङमार्फत चितवन जिल्लाका अध्यक्ष रूक्सन गुरूङसहितको पदाधिकारीले उक्त सम्मान ग्रहण गरेका हुन्।

केन्द्रको महाधिवेशनको लागि देशभरका ३५ जिल्लाका तमू विद्यार्थी दमौलीमा भेला भएका छन्। महाधिवेशन सफल पार्नको लागि देशभरका करिब तीन सय जना तमू विद्यार्थी दमौली पुगेका छन्। चितवन जिल्लाका अध्यक्ष रूक्सन गुरूङका अनुसार चितवन जिल्लाबाट पनि २१ जना विद्यार्थी दमौली पुगेका छन्।