गीत–संगीत

तमू समाज हङकङद्वारा ल्होसार मनाउने तयारी

काठमाडौं । तमू समाज हङकङले तमू ल्होसार मनाउने तयारी गरेको छ। २०८१ सालको तमू ल्होसारको अवसरमा चर्चित गायक, गायिकाले हङकङमा प्रस्तुति दिनेछन्। २५ डिसेम्बरका दिन कलाकारहरु राजन गुरूङ, सागर गुरूङ, विष्णुमाया गुरूङलगायतका स्थानीय कलाकारहरुले प्रस्तुति दिने आयोजकले जनाएको छ।

कार्यक्रमलाई थप आकर्षक बनाउनको लागि स्थानीयद्वारा सांस्कृतिक कार्यक्रम गरिनुका साथै ठेलो फाल्ने, डोरी तान्ने, भाग्यशाली चिठ्ठा तान्नेलगायतका कार्यक्रमलाई समेत समेटेको छ। चिठ्ठा प्रतियोगितामा प्रथम हुनेले सुनको सिक्री प्राप्त गर्नेछन्। दोस्रो हुने र तेस्रो हुनेले नेपाल एयरलायन्सको हवाइ टिकटमा हङकङदेखि नेपाल यात्रा गर्न पाउने व्यवस्था मिलाएको छ। त्यसबाहेक विभिन्न खालका खानाका परिकार तथा बीबीक्युको सुविधा लिन पाउने व्यवस्था मिलाएको छ।