ब्यानर

मिस एण्ड मिसेस गुरुङ २०२५ प्रतियोगिता बन्द गर्न गुरुङ विद्यार्थीको आग्रह

काठमाडौं । नेपाल तमु (गुरुङ) विद्यार्थी छोंज धींले मिस एण्ड मिसेस गुरुङ २०२५ सिजन ४ प्रतियोगिता तत्काल बन्द गर्न आग्रह गरेको छ ।

विद्यार्थी छोंज धींले २०५४ सालदेखि मिस तमुस्यो (मिस गुरुङ) सौन्दर्य प्रतियोगिता गर्दै आएको भन्दै एसके इन्टरटेनमेन्ट प्रालिले मिस एण्ड मिसेस गुरुङ २०२५ सिजन ४ प्रतियोगिताको आवेदन खोलेको भन्दै विरोध जनाएको छ ।

सो प्रतियोगिताका प्रक्रियाहरु तत्काल बन्द गर्न आग्रह गर्दै विद्यार्थी छोंज धींले अटेर गरी बन्द नगरेमा भोलि आइपर्ने सम्पूर्ण घटना परिघटनाको जिम्मेवारी सम्वन्धित पक्ष हुने भनेको छ ।

उसले विज्ञप्तिमा भनेको छ-

हाम्रो संस्था नेपाल तमु (गुरुङ) विद्यार्थी छोंज धींले २०५४ सालबाट मिस तमुस्यो (मिस गुरुङ) सौन्दर्य प्रतियोगिता गर्दै आएको व्यहोरा जानकारी गर्दछौं । तर हामीलाई जानकारी बिना sk entertainment नामक संस्थाले मिस एण्ड मिसेस गुरुङ २०२५ सिजन (४ को आवेदन खुलाएको प्रति हाम्रो संस्थाको घोर आपत्ति रहेको छ । सम्बन्धित पक्षले आजको दिनदेखि मिस एण्ड मिसेस गुरुङ २०२५ सिजन(४ तुरुन्त बन्द गर्नको निम्ति हार्दिक अनुरोध गर्दछौं । अन्यथा अटेर गरी बन्द नगरेमा भोलि आईपर्ने सम्पूर्ण घटना परिघटनाको जिम्मेवारी सम्बन्धित पक्ष रहने जानकारी गर्दछौं । ग्यासजे