तनहुँ । नेपाल तमु (गुरुङ) विद्यार्थी छोंज धी को १२ औं रास्ट्रिय महाधिवेशन तनहुँको दमौलीमा हुने भएको छ । महाधिवेशन मुल आयोजक समितिले बुधबार पत्रकार सम्मेलन गरेर यहि कार्तिक २४ देखि २६ गतेसम्म दमौलीमा महाधिवेशन गर्न लागेको जानकारी गराएको हो ।
महाधिवेशनको उद्घाटन नेपाल सरकारका प्रबक्ता एबम संचार तथा सुचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रम सफल बनाउन प्रतिनिधि र पर्यवेक्षक गरेर पाँच सय जना खटाइने आयोजकले जनाएको छ । त्यस्तै गरि छिमेकी जिल्ला र स्थानीय गरि करिब पन्ध्र सयको हाराहारीमा महाधिवेशनमा सहभागीता जनाउने संयोजक बिश्वराज तमुले जानकारी दिए ।
महाधिवेशनको उद्घाटन हुनु अगाडि र्याली सहित सांस्कृतिक कार्यक्रम गरि बाजागाजासहित बजार परिक्रमा गरिनेछ । व्यास नगरपालिका(३ स्थित सभाहलमा गर्न लागिएको कार्यक्रममा विभिन्न जिल्लाबाट प्रतिनिधिहरु आउनेछन । आउने प्रतिनिधिहरुबाट थोरै भएपनी शुल्क लिइने संयोजक तमुले बताए । त्यस्तै आउने प्रतिनिधिहरुलाई खान र बस्नको लागि समेत व्यवस्थापन गरिएको छ ।
कार्यक्रम सम्पन्न गर्न करिब बीस लाख रुपैयाँ खर्च हुने मुल समारोह समितिले जनाएको छ । त्यस्तै कार्यक्रमको लागि तमु समाजका प्रतिनिधि तथा स्थानिय तहले समेत सहयोग गरेको आयोजकको भनाइ छ । बिपन्न परिवारका बालबालिकालाई आधारभूत तहको शिक्षा प्रदान गर्न सहयोग होस भन्ने उदेस्यले सैक्षिक अक्षयकोष स्थापना गर्ने तयारी समेत भएको संयोजक तमुले बताए ।