ब्यानर

सरकारलाई भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङद्वारा एक करोड रुपैयाँ सहयोग

चितवन । भाटभटेनी सुपरस्टोरका सञ्चालक मीनबहादुर गुरुङ दम्पतिले प्राकृतिक विपत्ति उद्धार कोषको लागि एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

विदेश भ्रमण सकेर स्वदेश फिरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई गुरुङ दम्पत्तिले उक्त रकम सहयोग गरेका हुन्। देशभर भाटभटेनी सुपरस्टोर सञ्चालन गरेर व्यवसायमार्फत हज्जारौँ युवायुवतीलाई देशमै रोजगार सिर्जना गर्दै आएका व्यवसायी गुरुङले यसअघि पनि बाल अस्पताल सञ्चालनको लागि ४१ करोड रुपैयाँ आर्थिक सहयोग गरेका थिए।

कोभिडकालमा समेत सातवटै प्रदेशलाई एक एक करोड रुपैयाँका दरले आर्थिक सहयोग गरेका थिए। देशमा सङ्कटको अवस्था सिर्जना हुँदा गुरुङले राज्यलाई सहयोग गर्दै आइरहेको छ।